२० कात्तिक २०८३, शुक्रबार

झापाका १ सय ५३ सहकारीलाई कारबाहीको तयारी

२०७१ असार १९, बिहिबार
झापाका १ सय ५३ सहकारीलाई कारबाहीको तयारी

झापा २० असार ।सहकारी ऐन, नियमावली र मापदण्ड अनुसार विवरण नबुझाउने १ सय ५३ सहकारी संस्थाहरुलाई   डिभिजन सहकारी कार्यालय, झापाले कारवाही गर्ने चेतावनी दिएको छ ।
सहकारी कार्यालयले बिहिबार एक विज्ञप्ती जारी गर्दै सहकारीको प्रचलित ऐन, नियम र मापदण्ड अनुसार आवश्यक विवरण नबुझाउने सहकारीलाई जरिवाना र दर्ता खारेज गरि कारवाही गरिने चेतावनी दिएको हो । सहकारी ऐन, २०४८ तथा सहकारी नियमावली २०४९ र सहकारी मापदण्ड २०६८ अन्तर्गत सञ्चालन हुँदै आएका जिल्लाका १ सय ५३ वटा सहकारी संस्थाहरुले साधारणसभाको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदनलगायतका विवरण सहकारी कार्यालयमा नबुझाएकाले यस्ता सहकारीलाई कारवाही गर्ने तयारी गरिएको कार्यालयका सहकारी अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै सहकारी संस्थाहरुले वार्षिक कार्यक्रम तथा बजेट, साधारणसभाको सदस्यहरुको उपस्थितिसहितको निर्णय माइन्यूट, नाफा बाँडफाँड वितरण विवरण, बचत तथा कर्जा लगानी नीति र प्रत्येक महिना पेश गर्नुपर्ने प्रगति विवरण सहकारी कार्यालयमा पेश नगरेकाले उनीहरुलाई कारवाही गर्न लागिएको सहकारी अधिकृत घिमिरे बताउँछन । प्रचलित नियमको वेवास्था गर्ने सहकारीलाई आवश्यक प्रमाण ३० दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिए पनि त्यसको अटेर गर्ने सहकारीलाई कारवाही गर्न लागिएको सहकारी कार्यालयले जनाएको छ ।
पटक पटक सूचना दिँदा समेत वेवास्था गरी आषाढ मसान्तसम्म प्रमाणसहित उपस्थित नहुने संस्थालाई सहकारी ऐन २०४८ को दफा ४३ बमोजिम जरिवाना र दफा ४१ बमोजिम दर्ता खारेज गरिने सहकारी अधिकृत घिमिरेले जानकारी दिए ।

अभिलेख

लोकप्रिय