गरिबी निवारणमा सामूहिक प्रयास आवश्यकः सचिव श्रेष्ठ
काठमाडौं, २० असार । सहकारी एवम् गरिबी निवारण मन्त्रालयको आयोजनामा आयोजित गरिबी परिचयपत्र र सामाजिक सुरक्षा विषयक कार्यशालामा सवैको सामूहिक प्रयास भएमा विद्यमान गरिबीको दरलाई न्यून गर्न सकिनेमा जोड दिइएको छ ।
कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले गरिबी निवारणसँग सम्बद्ध सबै मन्त्रालय एवम् सङ्घसंस्थाले लक्षित वर्गले सेवा सुविधा पाउने किसिमले आपसी समन्वयका साथ सेवा प्रवाह गर्नुपर्ने बताए ।
उनले गरिबी निवारणका क्षेत्रमा अनुदान पनि निरन्तररुपमा प्राप्त भइरहे पनि अपेक्षितरुपमा त्यसको उपयोग भने हुन नसकेको उल्लेख गरे ।
गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्ड सचिवालयका निर्देशक ढुन्डीराज लामिछानेले सरकारका विभिन्न १३ वटा मन्त्रालयबाट गरिबी निवारण र सामाजिक सुरक्षा विषयक विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
सहकारी तथा गरिबी मन्त्रालयका सहसचिव सुरेश प्रधानले देशका विभिन्न विकास योजना गरिबी निवारणसँग सम्बन्धित गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण कार्यक्रमले विद्यमान गरिबी न्यूनीरकणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव शिव वाग्लेले गरिबी निवारणका लागि वन पैदावरसमेतको उपयोग गरी विभिन्न सामाजिक सुरक्षाका कार्य भइरहेको जानकारी दिए ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक केवलप्रसाद भण्डारीले सामाजिक सुरक्षा, सहायतालगायतका माध्यमबाट विद्यमान गरिबी निवारणमा सहयोग पुग्नेमा जोड दिए ।
महिला तथा समाज कल्याण मन्त्रालयकी उपसचिव हुमकला पाण्डेले मन्त्रालयले सामाजिक सुरक्षाका विभिन्न क्षेत्रमा कार्य गर्दै आएको बताए ।
वरिष्ठ कृषि विकास अधिकृत द्रोणराज काफ्लेले नेपालको विद्यमान गरिबी निवारण एवम् सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि मन्त्रालयले विभिन्न नीति तथा कार्यक्रमका माध्यमबाट काम गरिरहेको उल्लेख गरे।
राष्ट्रिय योजना आयोगका सहसचिव पुष्पलाल शाक्यले गरिबी निवारण र सामाजिक सुरक्षाका लागि एकीकृत प्रयास आवश्यक हुने बताए।
कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव खड्गबहादुर राना, अन्नपूर्ण दाश लगायतले गरिबी निवारण र सामाजिक सुरक्षाका लागि थालिएको गरिबी परिचयपत्र वितरण कार्य उपयोगी हुने विश्वास व्यक्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार