२० कात्तिक २०८३, शुक्रबार

नेतृत्व गुण उजागरको लागि ललितपुरका साकोसको अभियान

२०७१ असार १९, बिहिबार
नेतृत्व गुण उजागरको लागि ललितपुरका साकोसको अभियान

धुलिखेल, १९ असार । ललितपुरको लगनखेल स्थित चन्द्रसुर्य वचत तथा ऋण सहकारी संस्था लि र शिक्षक विकास वचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजनामा अन्र्तनिहित सर्बोत्कृष्ट नेतृत्व गुण उजागर र सवलिकरण विषयक ३ दिने आवासिय तालिम सोमबार सम्पन्न भयो । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको सो कार्यक्रममा दुई वटा संस्थाका गरी जम्मा ८१ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कुन लगायत ललितपुर जिल्लाका सबै विषयगत संघहरुको उपस्थिति थियो । उद्यमशील व्यक्तित्व विकास गर्न, अन्र्तनिहीत सर्बोत्कृष्ट गुण र सिर्जनात्मक शक्तिको उजागर गरी सहभागिहरूको वर्तमान पेशा तथा व्यवसाय प्रवद्र्धनमा नेतृत्व प्रदान गर्न सक्ने क्षमता अभिबृद्धि गर्न र सहकारीको माध्यमबाट उद्यमसीलताको विकास गर्न सघाउ पु¥याउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

आषाढ १४ देखि १६ गतेसम्म काभे्रको धुलिखेलमा सम्पन्न सो कार्यक्रममा कर्ण शाक्य, डा. प्रकाशराज रेग्मी, डा. चिन्तामणि योगी लगायतले अतिथि वक्ताको रुपमा प्रशिक्षण प्रदान गरेका थिए । नेपालका वरिष्ठ प्रशिक्षक महेश दाहालको नेतृत्वमा मनिल राई, पुर्व मिस नेपाल सुगरिका के.सी., मिस नेपाल इन्टरनेशनल सोनी राजभण्डारी, बुद्धि तामाङ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई, डिभिजन सहकारी कार्यालयका अधिकृत शशी कुमार लम्सालले प्रशिक्षण दिनुभएको थियो । तिन दिनसम्म सञ्चालित कार्यक्रममा नेतृत्व सवलिकरणको लागि तालिमले सहभागिहरु आफूमा सकारात्मक सोचको विकास गरी जिवन सकारात्मक ढंगबाट अगाडि बढ्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका पुर्व अध्यक्ष दिपक प्रकाश वाँस्कोटाले यस्ता कार्यक्रमहरुको आयोजना गरेर चन्द्रसुर्य र शिक्षक विकास साकोस जिल्लामा नै नमुना बन्न सफल भएकोमा प्रंशसा गर्दै युवा पंक्तिले अबको सहकारी अभियानलाई अगाडि बढाउनुपर्ने राय व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक कुलचन्द्र अधिकारी र सञ्चालक ज्ञान बहादुर तामाङ समेत प्रशिक्षार्थीको रुपमा रहेका थिए ।

अभिलेख

लोकप्रिय