वित्तीय कारोबार गर्ने सहकारीले मूल्य मान्यता विर्सिए
काठमाडौं । राष्ट्रपति डा.रामवरण यादवले सहकारीको विग्रदो अवस्थाबारे बेलैमा सचेत हुनुपर्ने बताएका छन् । वित्तीय कारोबार गर्ने केही संस्थाहरु सहकारी मूल्य मान्यतालाई विर्सिएर चलिरेहका बताउदै उनले यसलाई सिस्टममा चलाउन बेलैमा नियमन गर्नुपर्ने आवश्यक्ता औल्याए ।
मंगलबार राष्ट्रिय सहकारी संघको पुल्चोकमा निर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति यादवले सहकारीसमन्धि जाचबुझ आयोगले बुझाएको सुझाव अनुसार छिटो सुधारका कार्यक्रम सुरु गर्न आग्रह गरे ।
“जाचबुझ आयोगले दिएका सुझाव अनुसार सहकारीको सुधार थाल्नुपर्छ” उनले भने, “नत्र सहकारीको अवस्था झन् विग्रदै जान्छ ।” वित्तिय सहकारीको प्रभावकारी नियमन र समयानुकुल कानुनमा सुधार गर्नुपर्ने उनको भनाई थियो ।
सोही कार्यक्रममा उदार अर्थनीति निजी क्षेत्रको विकासका लागि मात्र आएको हो भन्ने भ्रम फैलीएको भन्दै अर्थमन्त्री डा. रामशरण महतले देशको आर्थिक विकासका लागि सबै क्षेत्रको उत्तिकै महत्व हुने उल्लेख गरे ।
कृषि उत्पादन र वितरणको क्षेत्रमा अवका दिनमा सहकारीले काम गर्नुपर्ने र त्यसमा ठूलो सम्भावना रहेको उनले बताए । कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, शंकर कोइराला, मुख्यसचिव लिलामणी पौडेलले देशको सामाजिक आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।
राष्ट्रिय सहकारी विकास बोर्डले जग्गा दिएपछि संघले सरकार र सहकारी संघसस्थाको सहयोगमा भवन निर्माण गरेको हो । यसका लागि ५ करोड खर्च भइसकेको र अझै १ करोड खर्च लाग्ने अध्यक्ष केशव बडालले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
