२० कात्तिक २०८३, शुक्रबार

क्यानडाले ८ सहकारीकर्मीलाई भिषा दिएन

२०७१ असार १५, आईतवार
क्यानडाले ८ सहकारीकर्मीलाई भिषा दिएन

काठमाडौ । क्यानडा सरकारले नेपालका ८ सहकारीकर्मीलाई भिषा दिन अस्वीकार गरेको छ । आगामी असोज १९ गते अर्थात  अक्टोवर ५ तारिकमा क्यानडामा हुने अन्तर्राष्ट्रिय सहकारी महासंघ(आइसिए)को सेमिनारमा भाग लिन तयारीमा लागेका सहकारीकर्मीहरुको योजनामा तुसारापात भएको हो ।

सो समेमिनारमा भाग लिन नेपालका तर्फबाट राष्ट्रिय सहकारी संघका अध्यक्ष सहितका ११ जनाले आवेदन दिएका थिए । त्यस मध्ये केशब बडालले भने भिषा पाएका छन् , भने अर्का एक सहकारीकर्मीको समेत भिषा आएको बताइएको छ ।   उनको नाम भने खुल्न अाएको छैन ।

यस्तै भिषा नपाउनेहरुमा राष्ट्रिय सहकारी संघकी चीत्राकुमारी सुब्बा , रामभजन शाह, संघका उपाध्यक्ष विजय घिमिरे, ओमदेवी मल्ल जोशी, कान्तिपुर सहकारीका  सिबी लामा सहित ३ जना सञ्चालक, संकटा सहकारीका बिन्देश्वर श्रेष्ठ  छन् । संघ निकट स्रोतका अनुसार सहकारीकर्मीहरुलाई क्यानडाले विश्वास नगरेकाले भिषा उपलब्ध नगराएको हो । स्रोतका अनुसार पछिल्लो पटक ओमदेवी मल्ल र बिजय राज घिमिरे लगायतका केहीलाई भने भिषा उपलब्ध गराउन क्यानडा दुतावस संग छलफल भै रहेको बताइएको छ । स्रोतले भन्यो, रातो पासफोट धारीहरुले भिषा पाउने पक्का छ ।

अभिलेख

लोकप्रिय