क्यानडाले ८ सहकारीकर्मीलाई भिषा दिएन
काठमाडौ । क्यानडा सरकारले नेपालका ८ सहकारीकर्मीलाई भिषा दिन अस्वीकार गरेको छ । आगामी असोज १९ गते अर्थात अक्टोवर ५ तारिकमा क्यानडामा हुने अन्तर्राष्ट्रिय सहकारी महासंघ(आइसिए)को सेमिनारमा भाग लिन तयारीमा लागेका सहकारीकर्मीहरुको योजनामा तुसारापात भएको हो ।
सो समेमिनारमा भाग लिन नेपालका तर्फबाट राष्ट्रिय सहकारी संघका अध्यक्ष सहितका ११ जनाले आवेदन दिएका थिए । त्यस मध्ये केशब बडालले भने भिषा पाएका छन् , भने अर्का एक सहकारीकर्मीको समेत भिषा आएको बताइएको छ । उनको नाम भने खुल्न अाएको छैन ।
यस्तै भिषा नपाउनेहरुमा राष्ट्रिय सहकारी संघकी चीत्राकुमारी सुब्बा , रामभजन शाह, संघका उपाध्यक्ष विजय घिमिरे, ओमदेवी मल्ल जोशी, कान्तिपुर सहकारीका सिबी लामा सहित ३ जना सञ्चालक, संकटा सहकारीका बिन्देश्वर श्रेष्ठ छन् । संघ निकट स्रोतका अनुसार सहकारीकर्मीहरुलाई क्यानडाले विश्वास नगरेकाले भिषा उपलब्ध नगराएको हो । स्रोतका अनुसार पछिल्लो पटक ओमदेवी मल्ल र बिजय राज घिमिरे लगायतका केहीलाई भने भिषा उपलब्ध गराउन क्यानडा दुतावस संग छलफल भै रहेको बताइएको छ । स्रोतले भन्यो, रातो पासफोट धारीहरुले भिषा पाउने पक्का छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
