लाखौं कुम्ल्याएर सहकारी संचालक फरार
संखुवासभा २७ जेठ । संखुवासभामा स्थापना भएका सहकारी संस्थाका संचालकहरूले संगठित रूपमा लाखौं ठगी गरेर फरार भएको रहस्य खुलेको छ। खाँदबारी १ कार्यालय स्थापना गरी कारोबार गर्दै आएको अरुण बहुद्देश्यीय सहकारी संस्थाले ७ बर्षअघिदेखि बचत रकम बचतकर्तालाई नदिइ फरार भएको हो।
बचतकर्ताहरूले रकम लिन जाँदा नपाएको र सञ्चालकलाई माग गर्दा वेवास्ता गरेको बताए। ४ वर्ष अघिबाट संस्थामा रकम जम्मा गर्दै आएका खाँदबारी-१ का बिष्णु अधिकारी आफूले दैनिक २५ देखि ५० रूपैयाँका दरले २ खातामा रकम जम्मा गरी ४० हजार बढी जम्मा गरेको तर लिन जाँदा ब्याज हैन साँवा पनि नदिएको गुनासो गरे। अधिकारी मात्र नभएर खाँदबारी र तुम्लिङटारका सयौ बचतकर्ताको रकम हिनामिना गरेर सञ्चालक चुपचाप रहेको उनीहरूको गुनासो छ।
जिल्लामा १० बर्षअघि दर्ता गरी लिमिटेडको नाम दिइ र.नं ८४/०५६/०५७ लिएका संस्थाले वेइमान गरे पछि बचत संस्थाहरूमा प्रश्न उठ्न थालेको छ। उसैत निजी संस्था लिमिटेड हुन नपाउने भएता पनि लिमिटेडको वोर्ड राखिएको छ। इनर्जी एष्ड कस्ट्रक्सन प्रालिका निर्देशक तिलक अधिकारीले भने,’ आफुले रकम जम्मा गरेको व्याज भन्दा पनि साँवा माग्न पटक पटक सञ्चालक समक्ष जाँदा पनि नदिएको बताए। आफूहरू रकम ८ प्रतिशत कर्जा ब्याज पाउनेभन्दै जम्मा गर्न आग्रह गरे पछि जम्मा गरेको तर पछिल्लो समयमा ४० हजार बढी रकम साँवानै नपाउने अवस्थामा पुगेको गुनासो गर्दे सरकोरवाला निकायलाई तत्काल कारवाही गर्न माग गरेका छन्।
२०६४ साल देखि जम्मा गर्न सुरु गरेको रकम बार्षिकरुपमा निकाल्न र आवस्यक परे निक्षेप समेत पाउने आश्वासन दिएकाले उनीहरु बचत गर्न उत्सुक भइ बचत गरेको तर २०६७ साल देखिनै सञ्चालक र व्यवस्थापक उमेश श्रेष्ठ कार्यालय नखोली सम्पर्कविहीन बनेको पीडितको भनाइ छ। उनीहरू आफूले पाउने रकम नियमानुसार व्यजदरमा पाउनु पर्ने र दोषी र संस्थालाई कारवाही गर्नु पर्ने प्रशासन समक्ष माग राखे।
अरुण बहुदेश्यीय संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ भने आफुहरुले गल्ती गरेको स्वीकारदै रकम फिर्ता गर्ने बताए। श्रेष्ठ भने, उमेश श्रेष्ठलाई कार्यालय व्यवस्थापनका जिम्मा दिएकाले समस्या भएको हो। उनी आफुहरूले बचत गरेको रकम लाखौ हिनामिना भएकोले बचतकर्ताले आक्रोस पोखेको स्वीकारे। जिल्ला प्रशासन कार्यालयले गल्ती गरेको ठहर भएमा संस्था खारेज सम्मको कारवाही गरी रकम बुझाउन पहल गर्ने जनाए। जिल्लामा दर्जनौ सहकारी संस्था स्थापना भएको छ यि अधिकंश संस्थाले रूपैयाँ जम्मा गरी कम व्याजदरको आशा देखाएर रकम हिनामिना गर्ने गरेको आरोप लागेको छ। अन्पुर्णपोष्टबाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार