१९ वैशाख २०८३, शनिवार

वेष्ट रेमिट र विकू साकोसबीच रेमिट्यान्स सम्झौता

२०७१ वैशाख २९, सोमबार
वेष्ट रेमिट र विकू साकोसबीच रेमिट्यान्स सम्झौता

गैडाकोट, २९ वैशाख । वेष्ट रेमिट नेपाल प्रालि र विकू बचत तथा ऋण सहकारी संस्था (साकोस)बीच रेमिट्यान्स सम्झौता भएको छ ।
रेमिट्यान्स सम्वन्धीको सम्झौतापत्रमा वेष्ट रेमिटका डोमेष्टिक रेमिटान्स इन्चार्ज सालिकराम दाहाल र विकू साकोसका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले हस्ताक्षर गरे । यो सम्झौतासंगै विश्वका विभिन्न देशवाट वेष्ट रेमिट मार्फत आएको रेमिट्यान्स रकम नवलपरासी जिल्लाका विभिन्न भागमा रहेका विकू साकोसका ६ वटा सेवाकेन्द्रबाट भुक्तानी लिन सकिने संस्थाका बजार तथा प्रवर्धन अधिकृत रामप्रसाद भूसालले सहकारीखबरलाई बताए ।
साथै यस सम्झौता पछि सेवाग्राहीहरुलाई रेमिट्यान्स भुक्तानीमा थप सहज हुने वेष्ट रेमिटले जनाएको छ ।विदेशमा कडा परिश्रम गरेर नेपालीले पठाएको दुःखको कमाई उनीहरुको घरपरिवारमा पु¥याउन यो सम्झौताले थप सहज हुने पौडेलले बताए ।

अभिलेख

लोकप्रिय