१९ वैशाख २०८३, शनिवार

जाँदा–जाँदै रजिष्ट्रार न्यौपानेले यसो भने (भिडियो सहित)

२०७१ वैशाख २५, बिहिबार
जाँदा–जाँदै रजिष्ट्रार न्यौपानेले यसो भने (भिडियो सहित)

काठमाडौं, २५ बैशाख । सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले आफू सरुवा भएर जाँदाजाँदै आफ्नो धरातलमा रहेर काम कारबाही गर्न कर्मचारीहरुलाई सुझाव दिएका छन् ।

दुई वर्षअघि आफू विभाग आउँदा कर्मचारीको मनोबल गिरेको तर अहिले पहिलाभन्दा बढेको बताए । ‘सहकारीका नेताहरु आउँदा कर्मचारी डरत्रासमा देखिन्थे, अहिले त्यस्तो छैन्’ उनले भने–‘विकृति प्रवृति बोकेका मुमेन्टका मानिससंग संगत कम गर्नु पर्छ ।’ केही भ्रष्ट र पैसाकै निम्ति जे पनि गर्न चाहने कर्मचारी पनि विभागमा रहेको र त्यस्तो प्रवृति तत्काल हट्नुपर्ने बताए ।

भिडियो पनि हेर्नुस् –

अभिलेख

लोकप्रिय