२० कात्तिक २०८३, शुक्रबार

सहकारी मार्फत महिलहरुको आयआर्जनमा प्रगति

२०७१ वैशाख १९, शुक्रबार
सहकारी मार्फत महिलहरुको आयआर्जनमा प्रगति

बागलुङ १९ बैशाख । घरभित्रको काममा मात्र सिमित हुँदै आएका महिलाहरुले थोरै रकम संकलन गरि समुहमा बचत गर्न थालेपछि अहिले त्यहि रकमबाट आयआर्जन गरिरहेका छन ।
बागलुङको गलकोट क्षत्र दुदिलाभाटी गविस वडा नंबर–२ का महिलाहरु सहकारीमा आबद्ध भई आयआर्जन मुलक कार्यक्रममा लागेका हुन । सुरुमा मासिक ५ रुपैयाँ बचत गरेर समुहको कोष स्थापना गरेका उनिहरुले २०४८ सालमा ज्योति आमा समुह गठन गरि सामाजिक सुधारका काम समेत गर्दै आएका थिए । गाउँटोल सरसफाई देखि अन्य कामहरुमा समेत उनिहरुले समुहिक रुपमा सहयोग गर्दै आएका छन । उनिहरुले समुहको कोषबाट दुदिलाभाटी–२ झाँक्रेस्थानमा रु १४ लाखको लागतमा २०६७ सालमा दुइ तले पक्की भवन समेत निर्माण गरिसकेका छन । भवनको नाम उनिहरुले ज्योति सामुदायिक भवन राखेका छन । भवन निर्माणको खर्च उनिहरु आफैले विभिन्न कार्यक्रम गरि संकालन गरेको समुहको कोषबाट जुटाएका हुन ।
महिलाहरुले गाउँ घरमा विभिन्न कार्यक्रम, विवाह, व्रतवन्ध जस्ता शुभकार्यमा सांस्कृतिक र चेतनामुलक कार्यक्रम गरि रकम संकलन गर्नै गरेका हुन । महिलाहरुले यसैगरि संकलन गरिएको १३ लाख ५० हजार र बाँकी ५० हजार मध्य जिल्ला विकास समिति बागलुङबाट २५ हजार र २५ हजार संसद विकास कोषबाट सहयोग पाएका थिए । अहिले भवन बनेपछि विभिन्न कार्यक्रम गर्न तथा आफुहरुलाई वैठक वस्न र गाविसका अन्य कार्यक्रमा पनि सजिलो भएको समुहकी अध्यक्ष भुमा श्रीसले वताइन । ज्योति महिला समुहका सदस्यहरु मिलेर २०६७ सालमा डिभिजन सहकारी कार्यालय बागलुङमा ज्योति कृषि तथा पसुपालन सहकारी दार्ता गरेर आयआर्जन मुलक कार्यक्रम सञ्चालन गर्दै आएका छन । सुरुमा २५ जना सेयर सदस्यले स्थापना गरेको सहकारीमा अहिले १ सय ३५ जना सेयर सदस्य रहेको सहकारीकी अध्यक्ष देउमाया बुढाथोकीले वताईन ।
सहकारीको सेयर पुजि अहिले ६ लाख पुगिसकेको छ । सहकारीको ९ सदस्यिय कार्यसमितिमा सवै महिलाहरु नै रहेका छन । सेयर सदस्यहरु पनि अधिकांश महिलाहरु नै रहेका छन । एक सय जना सेयर सदस्य महिलाहरु मात्रै रहेको उपाध्यक्ष माया बुढाथोकीले बताईन । उनले पुरुशहरुबाट पनि आफुहरुले निरन्तर सहयोग पाएकाको जानकारि दिईन ।
सहकारीले अहिले बचत ऋण कार्यक्रम सञ्चालन गरेका छ । सहकारीले आयमुल कार्यक्रम सञ्चालन गर्नको लागि कर्जा प्रवाह गर्ने गरेको सचिव सावित्री शर्माले जानकारी दिईन । समुहका सदस्यहरुले सहकारी बाट लिएको ऋणबाट तरकारी खेति, कुखुरा पालन, बंङ्गुर पालन गरि प्रसस्त आम्दानी गर्दै आएका सेयर सदस्य समेत रहेका सहकारीका प्रवद्र्धक गुमानसिंह बुढाथोकीले जानकारि दिए । सेयर सदस्य यम कुमारी विकले आफु सहकरिमा आवद्ध भई तरकारी खेती गर्न थालेपछि आफ्नै बरिमा तरकारी फलाएर मासिक १५ हजार देखि २५ हजार सम्म आम्दानी गरेको वताईन । सहकारी मार्फत उनिहरुले सेयर सदस्यहरुका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएका छन ।
तरकारी तथा च्याउ खेती गर्न सेयर सदस्यहरुलाई विउ वितरण गर्ने गरेको सचिव शर्माले वताइन । सहकारिले यस वर्ष सदस्यहरुको विचमा विउ पैचो कार्यक्रम सञ्चालन गरेकोछ । कृषि कार्यालयबाट मनकामना र देउति जातको उन्नत मकैको विउ ल्याई सहकारिका सदस्यहरुलई जनहि एक किलो देखि ५ किलो सम्म वितरण गरेको र उत्पादन गरेपछि त्यसको दोब्बर सहकारीलाई फिर्ता लिईने शर्माको भनाई छ । फिर्ता आएको विउ अर्को पटक अरु सदस्यहरुलाई वितरण गरिने सहकारीले जनाएको छ ।
सहकारी मार्फत दुध उत्पादनको लागि व्यवसायिक भैसि पालन कार्यक्रम सञ्चालन गर्ने, तरकारी संकलन केन्द्र स्थापना गर्ने लगायतका योजना सहकारिले वनाएको छ । पुष्पलाल मध्यपहाडि लोक मार्गसँगै आफुहरुले निर्माण गरेको सामुदायिक भवन भएकोले तरकारी संकलन केन्द्र स्थापना गरि सञ्चालन गर्न सहज हुने शर्माको भनाई छ । सहकारिले राम्रो काम गरेकाले आर्थिक बर्ष २०६९÷७० मा डिभिजन सहकारी कार्यालय बागलुङले प्रोत्साहन बापत रु ३० हजार रुपैया दिएको कार्यालय प्रमुख विष्णुप्रसाद सुवेदीले जानकारी दिए । उनले सहकारी मार्फत महिलाहरुले गरेको काम सकारात्मक भएको भन्दै सामुहिक उत्पादन र बजारिकण गरि आयआर्जन गर्न सकिने बताए । राम्रो काम गर्ने सहकारीहरुलई कार्यालयले सहयोग र सहजिकाण गरिरहेको शर्माको भनाई छ । गलकोट एफएमको सहयोगमा

अभिलेख

लोकप्रिय