२० कात्तिक २०८३, शुक्रबार

हातेमालो साकोसको रणनीतिक योजनाको आवधिक समिक्षा

२०७१ वैशाख १८, बिहिबार
हातेमालो साकोसको रणनीतिक योजनाको आवधिक समिक्षा

बारा, १८ बैशाख । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था (साकोस)ले त्रिवर्षीय रणनीतिक योजनाको आवधिक समिक्षा गोष्ठि आयोजना गरेको छ ।

गोष्ठिले तीन वर्षअघि प्रक्षेपण गरेको रणनीतिक योजनाका सूचकहरु उत्साहजनक रुपमा कार्यान्वयन भएको समिक्षा गरेको छ । कार्यक्रममा केही दिनअघि पूर्वाञ्चलका उत्कृष्ट सहकारीहरुको स्थलगत अवलोकन भ्रमण र हासिल उपलव्धिहरुको समिक्षासमेत गरिएको थियो ।

गोष्ठिमा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, हातेमालोका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेल, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख मुरारी तिमल्सेना, संस्थाका लेखा संयोजक डम्मरमणि लिम्वु, संस्थाका सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले, राष्ट्रिय सहकारी बैंक सिमराका प्रतिनिधि निर्मला बस्नेतलगायतले बोलेका थिए ।

संस्थाकी सञ्चालक एवम् शिक्षा उपसमितिका संयोजक सीता गुरुङको अध्यक्षतामा सम्पन्न गोष्ठिमा सहजीकरण व्यवस्थापक महेश ढुंगेलले गरेका थिए । छ वर्षअघि स्थापित हातेमालो सहकारीले हाल करीव १३०० सदस्यहरुवीच १३ करोडको कारोवार गरिरहेको छ । वर्तमान त्रिवर्षीय रणनीतिक योजनाको पूर्णतासंग नयां रणनीतिक योजना, नीति र कार्यविधिहरुलाई पूर्णता दिने, सरल वित्तिय सेवा, सेवा विविधीकरण र सहकारीहरुवीच एकीकरण अभियान अघि बढाइने तयारी भई रहेको अध्यक्ष कृष्ण पौडेलले बताए ।

अभिलेख

लोकप्रिय