नियम नमान्ने जुम्लाका आठवटा सहकारी खारेज
जुम्ला १८ बैशाख / डिभिजन सहकारी कार्यालय जुम्लाले आठवटा सहरकारी संस्था खारेज गरेको छ । सहकारीको मापदण्ड पूरा नगर्ने जुम्लाका ६ र मुगु जिल्लाका दुईटा सहकारी संस्था खारेज गरेको हो । सहकारी मापदण्ड २०६८ मा भएको व्यवस्थाअनुसार खारेज गरिएको निमित्त कार्यालय प्रमुख टेकहादुर बुढाथापाले बताए ।
लगातार दुई आर्थिक वर्षको लेखापरीक्षण नगर्ने, साधारणसभा नगर्ने सहकारीलाई सहकारी ऐन, २०४८ र नियमावली २०४९ अनुसार खारेज गरिएको डिभिजन सहकारी कार्यालय जुम्लाले जनाएको छ । यस्तै मासिक प्रगति प्रतिवेदन पेश नगर्ने सहकारीलाई खारेज गरिएको बुढाथापाले बताउनुभयो । मुगु जिल्लाका खेस्मा मालिका सहकारी संस्था र कालिका सहकारी संस्थालाई खारेज गरिएको उनले बताए ।
यस्तै जुम्लाका बहुउद्देस्यीय स्वावलम्बन सहकारी संस्था बुम्रमाडिचौर, भगवती सहकारी संस्था कुडारी र घोडेमहादेव गाविसमा रहेको महादेव स्वावलम्बन सहकारी संस्था खारेज भएको कार्यालयले जनाएको छ । यसैगरी, बहुउद्देश्यीय सहकारी संस्था घोडेसिम, सूर्यमुखी बचत तथा ऋण सहकारी संस्था देपालगाउँ, महावैपाथरखोला गाविसमा रहेको देवीजागरण बचत तथा ऋण सहकारी संस्था खारेज भएको बुढाथापाले बताए।
यसैबीच, ६ वटा सहकारी संस्था खारेजीको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । साधारणसभा सम्पन्न नगरेका, वार्षिक र मासिक प्रगति प्रतिवेदन पेश नगरेका सहकारी ६ वटा सहकारी संस्था खारेजीको प्रक्रियामा रहेको निमित्त प्रमुख बुढाथापाले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार