साना किसानले यो बर्ष तीन सय ६० युवालाई कृषि तालिममा इजरायल पठाउने
काठमाडौं १७ बैशाख । साना किसान विकास बैंकले यो बर्ष तीन सय ६० जना युवालाई कृषि सम्बन्धि तालिममा सहभागि हुन इजरायल पठाउने भएको छ। उनीहरुले इजरायलका किन्नरेट कलेज, रामात नेभेग डेजर्ट एग्रीकल्चरल रिसर्च सेन्टर, आराभा ईन्टरनेशनबल सेन्टर फर एग्रीकल्चरल ट्रेनिङ सेन्टर र स्दोत नभेग रिजनल काउन्सलमा तालिम गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, सिराहा, मकवानपुर, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपसारी, रुपन्देही, दाङ, बाँके र बर्दियाका साना किसान सहकारी संस्थाबाट सिफारिस भइ आएका युवा मध्येबाट गोलाप्रथाद्वारा छानिनेहरु इजरायल जानेछन्। तालिममा जाने युवा छनौट गरि आउँदो अक्टोबर सम्ममा इजरायल पठाइ सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले बताए।
१० देखि ११ महिनाको उन्नत कृषि तालिममा नेपाली युवाले सहभागिताको अवसर पाउनेछन्। तालिममा जानेले साताको एक दिन कलेज तथा तालिम केन्द्रमा अध्ययन र बाँकी पाँच दिन कृषि फार्ममा प्रयोगात्मक काम गर्नेछन्। त्यसबापत उनीहरुले इजरालयलको श्रम कानुन बमोजिम पारिश्रमीक समेत पाउँछन्। तालिम सकेका युवालाई नेपाल फर्किन अनिवार्य गरिएको छ। उनीहरुले फर्के पछि कुनै कृषि व्यवसाय गर्न चाहे बैंकले वित्तिय स्रोत उपलब्ध गराउने शर्माले जानकारी दिए।
बैंकले नेपाल स्थित इजरायली दुतावासको सहकार्यमा गत बर्ष देखि यो तालिम सुरु गरेको हो। पहिलो ब्याचमा आठ जिल्लाका दुई सय पाँच जना युवा छनौट भएर इजरायल गएका छन्। तालिम सकेर उनीहरु आउँदो अक्टोवरमा नेपाल फकर्ने बैंकका अध्यक्ष खेमबहादुर पाठकले बताए।
इजरालय पुगेर युवाहरुले कृषि फार्ममा तालिम गरेको देख्दा आफुलाई साँच्चिकै उत्साह लागेको उनले बताए। ‘नेपालमा कहिल्यै खेतबारीमा काम नगरेका युवाहरु त्यहाँ पुगे पछि दिनको आठ घण्टा होइन १५/१६ घण्टा सम्म काम गर्छौं भन्न थालेका छन्’ उनले भने ‘उनीहरु नेपाल फर्के पछि यहाँ कृषिमा नयाँ क्रान्ति सुरु हुन्छ भन्ने विश्वास लिएका छौं।’
१० देखि ११ महिनाको उन्नत कृषि तालिममा नेपाली युवाले सहभागिताको अवसर पाउनेछन्। तालिममा जानेले साताको एक दिन कलेज तथा तालिम केन्द्रमा अध्ययन र बाँकी पाँच दिन कृषि फार्ममा प्रयोगात्मक काम गर्नेछन्। त्यसबापत उनीहरुले इजरालयलको श्रम कानुन बमोजिम पारिश्रमीक समेत पाउँछन्। तालिम सकेका युवालाई नेपाल फर्किन अनिवार्य गरिएको छ। उनीहरुले फर्के पछि कुनै कृषि व्यवसाय गर्न चाहे बैंकले वित्तिय स्रोत उपलब्ध गराउने शर्माले जानकारी दिए।
बैंकले नेपाल स्थित इजरायली दुतावासको सहकार्यमा गत बर्ष देखि यो तालिम सुरु गरेको हो। पहिलो ब्याचमा आठ जिल्लाका दुई सय पाँच जना युवा छनौट भएर इजरायल गएका छन्। तालिम सकेर उनीहरु आउँदो अक्टोवरमा नेपाल फकर्ने बैंकका अध्यक्ष खेमबहादुर पाठकले बताए।
इजरालय पुगेर युवाहरुले कृषि फार्ममा तालिम गरेको देख्दा आफुलाई साँच्चिकै उत्साह लागेको उनले बताए। ‘नेपालमा कहिल्यै खेतबारीमा काम नगरेका युवाहरु त्यहाँ पुगे पछि दिनको आठ घण्टा होइन १५/१६ घण्टा सम्म काम गर्छौं भन्न थालेका छन्’ उनले भने ‘उनीहरु नेपाल फर्के पछि यहाँ कृषिमा नयाँ क्रान्ति सुरु हुन्छ भन्ने विश्वास लिएका छौं।’ – See more at: http://www.bizmandu.com/content/-6852.html#.U2EF5aL5E6x
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार