२० कात्तिक २०८३, शुक्रबार

सहकारीका लघुवित्त कार्यक्रम प्रभावकारी

२०७१ वैशाख १७, बुधबार
सहकारीका लघुवित्त कार्यक्रम प्रभावकारी

कैलाली , १७ बैशाख । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै गएको छ । लघुवित्त कार्यक्रममार्फत बिनाधितो कर्जा प्रवाह गरिएपछि उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।किसानले छ वर्षअघि लघुवित्त कार्यक्रम ल्याएपछि विपन्न वर्गका महिलाको आयआर्जनमा सुधार आएको छ ।
 
महिलाले लघुवित्त कार्यक्रम मार्फत बिनाधितो ऋण लिएर कृषि तथा व्यापार व्यवसाय गर्दै आएको लघुवित्त कार्यक्रमकी प्रमुख पार्वती साउदले बताउनुभयो ।लघुवित्त कार्यक्रमबाट १५ हजारभन्दा बढी महिलाहरु लाभान्वित भएका छन् ।

अभिलेख

लोकप्रिय