सहकारीलाई ऋण अशुलीमा समस्या,नर्तिने साधारण सदस्य देखि ठूला व्यापारी सम्म
काठमाडौ१७ बैशाख । वित्तिय कारोबार गर्ने सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी उठ्न नसक्दा समस्यामा पर्न थालेका छन। कर्जा तिर्ने भन्दा पनि कर्जा लिने सदस्यहरुको अनुपात उच्च रहेकाले पनि यस्तो समस्या आएको सहकारी सञ्चालकहरुको भनाई छ।
मुलुकको पछिल्लो आर्थिक अवस्था खस्कदै जादा सहकारीहरुले समयमा ऋण असुल गर्न सकेका छैनन्। सहकारीका सदस्यहरुलाई पटक कर्जा चुक्ता गर्न आउन आग्रह गर्दा समेत अटेर गर्न थालृे पछि कर्जा अशुलीको सुचना समेत दैनिक पत्रिकामा बढ्दै गएका छन । अहिले राष्टिय दैनिक पत्रिकामा बैकहरुको दाजोमा सहकारीका ऋणीहरुको धितो लिलामको सचना प्रसस्त देखिन थालेको छ ।
अहिले सबैखाले व्यवसाय चैपट भएको र कर्जा लिएर जाने सदस्यहरुले लिएर गएको ऋण समयमा चुक्ता गर्न नआउदा नियमित हुने कारोबारमा समेत असर गर्न थालेको सहकारी संस्थाहरुले बताउन थालेका छन ।
अहिले सानो व्यवसाय गर्ने देखि ठूला व्यापारिहरुले समेत सहकारीबाट लिएको कर्जा चुक्ता नगरेको तथ्य बाहिर आउन थालेको छ । खास गरि ठुला व्यापारिले घरजग्गा लगायतका अनुत्पादक क्षेत्रमा लगेर सहकारीको रकम दुरुपयोग गर्दै आएको बताइएको छ। बैकहरुमा समस्या अउन साथ कर्जा वितरणमा केन्द्रीय बैंकले कडाई गरे पछि ठूला बैंक मफियाहरुको ध्यान सहकारीमा लागेको सहकारी विभागका अधिकारीहरु बताउछन । सहकारीमा चिने जानेको आधारमा कर्जा दिने र प्रयाप्त धितो राखेर कर्जा दिने प्रचलनको विकास हुन नसक्दा कर्जा अशुलीमा समस्या आएको बिभिागको बुझाई छ ।
सहकारीमा खाता खेल्ने वित्तिकै मापदण्डा बिना नै सय रुपैयाँको सेयर किने पछि चाहे जति ऋण झिकेर लैजाने र सहकारीमा मनपरि कर्जामा समेत ब्याज अशुल्ने गरेकाले पनि समस्या आएको हो ।
बैकले ऋण लिने जादा नपत्याउने र सहकारीबाट सहजै पाइने र समयमा तिर्नुपर्दैन भन्ने मानसिकता बढ्दै गएको सहकारीकर्मीहरुको बुझाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार