सहकारीको सङ्ख्या बढ्यो, गुणात्मक कमजोर
काठमाडौं, १७ बैशाख । सरकारबाट पाउने सुविधा र समुदायकै स्रोत परिचालनबाट मुनाफा कमाउन सकिने भएकाले पछिल्लो समयमा ललितपुरमा सहकारी संस्था दर्तामा वृद्धिसँगै लक्षित कार्यक्रम भने पूरा हुन सकेको छैनन् ।
गुणात्मक कमजोरीका कारण सामुदायिक सेवामा आफँैले राखेका लक्ष्यका काम पूरा गर्न कठिनाइ भएको हो । दर्ता गर्दा सहकारीले गर्नुपर्ने आधारभूत मापदण्डअनुसार लक्ष्य वर्गमा लगानी गर्ने, मुनाफाबाट शिक्षा, स्वास्थ्य क्षेत्रमा सेवामूलक काम गर्ने, उद्यमशीलता र स्वरोजगारमूलक व्यवसाय प्रवद्र्धन गर्ने सर्त स्वीकारे पनि कार्यान्वयनमा नल्याएको लुभूका स्थानीयवासी सहदेव महर्जनले टिप्पणी गर्नुभयो ।
पहिलेको तुलनामा सुधार भएपनि सङ्ख्यात्मक वृद्धिले केही राम्रो गर्नेलाई पनि धेरैका सतही कामले छायाँमा पारेको छैटौँ डिभिजन सहकारी कार्यालय ललितपुरका शशीकुमार लम्सालले बताउनुभयो । जिल्लामा ६ सय ५ वटा बचत तथा ऋण सहकारी, १ सय ६१ बहुउद्देश्यीय, १ सय ७ वटा कृषि सहकारी, ५५ वटा दुग्ध सहकारी, २५ उपभोक्ता सहकारी, १०÷१० वटा चिया तथा कफी सहकारी, १३ वटा जडीबुटी सहकारी, तीन पर्यटन सहकारी, दुई÷दुई वटा सञ्चार तथा हस्तकला र एक÷एक वटा पशुबिमा तथा च्याउ सहकारी संस्था दर्ता छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार