२० कात्तिक २०८३, शुक्रबार

सहकारीको सङ्ख्या बढ्यो, गुणात्मक कमजोर

२०७१ वैशाख १७, बुधबार
सहकारीको सङ्ख्या बढ्यो, गुणात्मक कमजोर

काठमाडौं, १७ बैशाख  । सरकारबाट पाउने सुविधा र समुदायकै स्रोत परिचालनबाट मुनाफा कमाउन सकिने भएकाले पछिल्लो समयमा ललितपुरमा सहकारी संस्था दर्तामा वृद्धिसँगै लक्षित कार्यक्रम भने पूरा हुन सकेको छैनन् ।
 
गुणात्मक कमजोरीका कारण सामुदायिक सेवामा आफँैले राखेका लक्ष्यका काम पूरा गर्न कठिनाइ भएको हो । दर्ता गर्दा सहकारीले गर्नुपर्ने आधारभूत मापदण्डअनुसार लक्ष्य वर्गमा लगानी गर्ने, मुनाफाबाट शिक्षा, स्वास्थ्य क्षेत्रमा सेवामूलक काम गर्ने, उद्यमशीलता र स्वरोजगारमूलक व्यवसाय प्रवद्र्धन गर्ने सर्त स्वीकारे पनि कार्यान्वयनमा नल्याएको लुभूका स्थानीयवासी सहदेव महर्जनले टिप्पणी गर्नुभयो ।
 
पहिलेको तुलनामा सुधार भएपनि सङ्ख्यात्मक वृद्धिले केही राम्रो गर्नेलाई पनि धेरैका सतही कामले छायाँमा पारेको छैटौँ डिभिजन सहकारी कार्यालय ललितपुरका शशीकुमार लम्सालले बताउनुभयो । जिल्लामा ६ सय ५ वटा बचत तथा ऋण सहकारी, १ सय ६१ बहुउद्देश्यीय, १ सय ७ वटा कृषि सहकारी, ५५ वटा दुग्ध सहकारी, २५ उपभोक्ता सहकारी, १०÷१० वटा चिया तथा कफी सहकारी, १३ वटा जडीबुटी सहकारी, तीन पर्यटन सहकारी, दुई÷दुई वटा सञ्चार तथा हस्तकला र एक÷एक वटा पशुबिमा तथा च्याउ सहकारी संस्था दर्ता छन् ।

अभिलेख

लोकप्रिय