सहकारीको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने
बागलुङ, १५ बैशाख । बागलुङका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि सहकारीको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।
जिल्ला सहकारी संघ लिमिटेड बागलुङको सातौ स्थापना दिवसका अवसरमा शनिवार धौलागिरि अञ्चल अस्पतालका विरामीहरुलाई दुध तथा फलफूल वितरण कार्यक्रममा बोल्दै उजले सो कुरा बताएका हुन् । सहकारीहरुलाई व्यवस्थित गराउन सबै पक्षको सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको भन्दै उनले जिल्ला सहकारी संघले सबैलाई आवद्ध बनाएर यसको मर्म अनुसार अगाडि बढ्न प्रेरणा दिनु पर्ने बताए । संघको स्थापना दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, अस्पतालका निमित्त प्रमुख डा. श्रीकृष्ण भट्ट, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मनकुमारी केसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक डिलबहादुर केसी लगायतले विरामीहरुलाई दुध र फलफूल वितरण गरेका थिए ।
२०६५ साल बैशाख १३ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भएर सञ्चालनमा आएको जिल्ला सहकारी संघमा हाल ८५ वटा सहकारी संघ संस्थाहरु आवद्ध रहेको, १० लाख भन्दा बढी लगानी रहेको संघले जनाएको छ । संघले सहकारी सम्बन्धी शिक्षा, तालिम लगायत सहकारी प्रवद्र्धनका लागि सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार