२० कात्तिक २०८३, शुक्रबार

पाेखरामा सहकारीबाट ३२ लाख लुटियाे, लुटेराले गाेली चलाउँदा कर्मचारी घार्इते

२०७१ वैशाख १५, सोमबार
पाेखरामा सहकारीबाट ३२ लाख लुटियाे, लुटेराले गाेली चलाउँदा कर्मचारी घार्इते

पाेखरा १५ बैशाख  । पोखराको न्युरोडस्थित मेघा वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लुटेरा समूहले ३१ लाख ४२ हजार रुपैयाँ  लुटेका छन् .। मोटर साइकलमा आएका करिव तीनजना लुटेराले   लुट्ने क्रममा गोली चलाउँदा एकजना गम्भीर घाइते भएका छन्। सोमबार दिउसो करिव ४ बजे भएको घटनामा यति विकास बैंकका कर्मचारी भगवान बराल गम्भीर घाइते भएको कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले जानकारी दिए।
बरालको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ। वचत तथा सहकारीबाट निकालेको ३१ लाख ४२ हजार रुपैयाँपनि लुटेका छन्।
सहकारीबाट पैसा निकालेर निस्केने क्रममा यति विकास बैंकका कर्मचारी बराल र सुरक्षा गार्डलाई लुटेराले समातेर लडाएको र बरालको टाउकोमा गोली हानेको प्रत्यक्षदर्शीलाई उद्‍धृत गर्दै एसपी बसन्त लामाले जानकारी दिए। बरालको आँखामा गोली हानिएको थियो। बराल पुम्दीभुम्दी गाविसका स्थायी बासिन्दा हुन्।
प्रहरीका अनुसार घटनास्थलमा एउटा गोली र एउटा गोलीको खोका भेटिएको छ। लुटेराको खोजीकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए।

अभिलेख

लोकप्रिय