पाेखरामा सहकारीबाट ३२ लाख लुटियाे, लुटेराले गाेली चलाउँदा कर्मचारी घार्इते
पाेखरा १५ बैशाख । पोखराको न्युरोडस्थित मेघा वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लुटेरा समूहले ३१ लाख ४२ हजार रुपैयाँ लुटेका छन् .। मोटर साइकलमा आएका करिव तीनजना लुटेराले लुट्ने क्रममा गोली चलाउँदा एकजना गम्भीर घाइते भएका छन्। सोमबार दिउसो करिव ४ बजे भएको घटनामा यति विकास बैंकका कर्मचारी भगवान बराल गम्भीर घाइते भएको कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले जानकारी दिए।
बरालको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ। वचत तथा सहकारीबाट निकालेको ३१ लाख ४२ हजार रुपैयाँपनि लुटेका छन्।
सहकारीबाट पैसा निकालेर निस्केने क्रममा यति विकास बैंकका कर्मचारी बराल र सुरक्षा गार्डलाई लुटेराले समातेर लडाएको र बरालको टाउकोमा गोली हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एसपी बसन्त लामाले जानकारी दिए। बरालको आँखामा गोली हानिएको थियो। बराल पुम्दीभुम्दी गाविसका स्थायी बासिन्दा हुन्।
प्रहरीका अनुसार घटनास्थलमा एउटा गोली र एउटा गोलीको खोका भेटिएको छ। लुटेराको खोजीकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार