२० कात्तिक २०८३, शुक्रबार

राप्तीका एक सय ६६ सहकारी संस्थाहरु निष्क्रिय, कृषि र उपभोक्ता बढी

२०७१ वैशाख १४, आईतवार
राप्तीका एक सय ६६ सहकारी संस्थाहरु निष्क्रिय, कृषि र उपभोक्ता बढी

दाङ, १४ वैशाख । राप्ती अञ्चलमा सञ्चालनमा रहेका सहकारी संस्थाहरुमध्ये निष्क्रिय सहकारीको सूचीमा पर्ने सहकारी संस्थाहरु बढी कृषि र उपभोक्ता सहकारी रहेका छन् । डिभिजन सहकारी कार्यालय दाङले दिएको जानकारीअनुसार एक सय ६६ सहकारी संस्थाहरु निष्क्रिय रहेकोमा सबैभन्दा बढी कृषि र उपभोक्ता सहकारी संस्थाहरु रहेका हुन् । कार्यालयले दर्ता भएका सहकारी संस्थाहरुको अनुगमन तथा वस्तुस्थितिबाट दुई वर्षदेखि कुनै पनि कारोबार नगरेका राप्ती अञ्चलका एक सय ६६ सहकारी संस्थाहरु निष्क्रिय सूचीमा राखेको छ ।

कार्यालयका सहकारी अधिकृत विनोदकुमार पौडेलले मासिक रुपमा भएका कामकाजको विवरण वार्षिक लेखापरीक्षण प्रतिवेदन, वार्षिक साधारणसभा बैठकको अभिलेख, विभिन्न समयमा सहकारी डिभिजन कार्यालयबाट मागेका विवरणहरु नपठाएको सहकारीलाई निष्क्रियको सूचीमा रखिएको जानकारी दिए ।

सहकारी ऐन ०४८ को दफा ४१ को उपदफा ३ अनुसार सहकारी संस्थाहरुको निरीक्षण गर्दा पनि लगातार दुई वर्षसम्म कुनै कारोबार नगरेको देखिएको छ । कार्यालका अनुसार निष्क्रियको सूचीमा पर्ने सहकारीहरुमा दाङका २०, सल्यानका २२, रुकुमका ४५, रोल्पाका ४० र रुकुमका ३९ वटा रहेका छन् । सहकारी अधिकृत पौडेलले निष्क्रिय सहकारीहरुलाई कार्यालयमा स्पष्टीकरणसहित जानकारी दिनका लागि ३५ दिने सूचना जारी गरेको जानकारी दिए । उनले सहकारी संस्थाहरुलाई खारेज गर्ने उद्देश्यले निष्क्रियको सूचीमा नराखिएको भन्दै सुझावसहित यी सहकारी संस्थाहरुलाई सक्रिय बनाउने उद्देश्य रहेको बताए ।

अभिलेख

लोकप्रिय