२० कात्तिक २०८३, शुक्रबार

आमा साकोसद्धारा बाल सदस्यलाई शैक्षिक सामाग्री वितरण

२०७१ वैशाख १३, शनिवार
आमा साकोसद्धारा बाल सदस्यलाई शैक्षिक सामाग्री वितरण

काठमाण्डौं १३ बैशाख ।  वौद्धमा रहेको आमा वचत तथा ऋण सहकारीले वाल सदस्यलाई झोला वितरण गरेको छ । संस्थाको ७ औं वार्षिकोत्सवको अवसरमा संस्थाको महिला तथा वालवालिका उपसमितिले  १ सय १ जना सदस्यलाई निशुल्क झोला तथा खुत्रुके वितरण गरेको अध्यक्ष वावुराम ढकालले जानकारी दिए ।
त्यसैगरि यसै अवसरमा संस्थाले सदस्यका छोरा छोरी मध्ये एक जना लाई २ हजार ५ सय नगद सहित सम्मान गरेको छ । ७ सय ३० जना सदस्य रहेको संस्थामा ११ जनाको सञ्चालक समिति र ३ जनाको लेखा समिति रहेको छ । साथै संस्थाले सदस्यको मृत्यु हुँदा,विरामी हुँदा र कुनै दैवि प्रकोप पर्दा ५ हजार देखि २० हजार रुपैंया सम्म राहत उपलब्ध गराईरहेको जनाएको छ ।

अभिलेख

लोकप्रिय