साझाले टिकट बिक्रीबाट कमायो चार करोड
ललितपुर, ११ वैशाख । पछिल्लो पटक सञ्चालनमा आएको साझा यातायातले एक वर्षको अवधिमा टिकट बिक्रीबाट रु चार करोडभन्दा बढी आम्दानी गरेको छ । पटकपटक विभिन्न समयमा बन्द रहँदै आएको साझा यातायात पछिल्लो पटक विसं २०६४ जेठदेखि करिब छ वर्ष बन्द थियो ।
विसं २०७० सालको सुभारम्भसँगै सञ्चालनमा आएको सो यातायातले एक वर्षको समय पार गरिसक्दा टिकट बिक्रीबाट रु चार करोड ३४ लाख ३३ हजार ८ सय ७० आम्दानी गरिसकेको साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले निर्धारण गरेको भाडाअनुरुप टिकटको व्यवस्था गरी यात्रुबाट भाडा लिएको साझाले महिला र अपाङ्ग आरक्षणको कोटा सुनिश्चित गरी विद्यार्थीका लागि रु १० को टिकटको व्यवस्था गरेको छ ।
एक वर्षको समयमा साझा यातायातमा २९ लाख ८२ हजार ८२३ जना यात्रुले यात्रा गरिसकेका छन् । भाडाका लागि साझाले रुट र दूरीअनुरुप रु १०, रु १५, रु १७ र रु २० को टिकट निर्धारण गरेको छ । सफा बस र आरामसँग यात्रा गर्न सकिने भएकाले साझा यातायातको माग बढेको भए पनि आर्थिक स्रोतको खोजी भइरहेको र स्रोत जुट्नेवित्तिकै काठमाडौँ उपत्यका र उपत्यका बाहिरका लागि पनि बस थपिने साझाले जनाएको छ । हाल साझासँग १६ बस छन् । ती बस उपत्यकामा दुई वटा रुट निर्धारण गरी सञ्चालनमा छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार