२० कात्तिक २०८३, शुक्रबार

सहकारी मन्त्रालयको दुर्दशाः लालमणी जोशी सचिव पदमा कायमै !

२०७१ वैशाख ११, बिहिबार
सहकारी मन्त्रालयको दुर्दशाः लालमणी जोशी सचिव पदमा कायमै !

काठमाडौ, ११ बैशाख । सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट लालमणी जोशीले सचिवबाट अवकाश पाएको ३ दिन विति सक्यो । तर सहकारी मन्त्रालयको आधिकारीक साइट हेर्ने हो भने जोशी अझै सचिव पदमा कायमै छन् । यो समाचार तयार पर्दा सम्म पनि मन्त्रालयको साइटमा कुनै परिर्वतन भएको छैन ।

सचिवले अवकाश पाएको ३ दिन वित्यो मन्त्रालय साइट भने अझै जोशीनै सचिव रहेको भ्रम छर्छ ।
हुन त दोष जोशीको हुदै होईन । जाँदा जाँदै मन्त्रालयमा सबै संग बिदाइ भेट गरेकै हुन । उमेर हदका कारण अवकाश पाए विदा भए । अवकाश पाएको मान्छेले मन्त्रालयमा भएका काम कारबाही कताबाट हेर्न पाउनु ।
तर साइट आपडेट गर्ने कुनै कर्मचारी मन्त्रालयले खटाएकै होला नी ?  साइट अपडेट गर्ने जिम्मा लिएका कर्मचारीले पैसा पाएनन् कि अल्छी गरे  एउटा त पक्कै हो ।

अभिलेख

लोकप्रिय