२० कात्तिक २०८३, शुक्रबार

सिमित व्यक्तीको चलखेल सहकारी क्षेत्र धरासायी बन्योः रजिष्ट्रार

२०७१ वैशाख १०, बुधबार
सिमित व्यक्तीको चलखेल सहकारी क्षेत्र धरासायी बन्योः रजिष्ट्रार

न्यौपानेले भने, ‘सहकारी दर्ता गर्दा सञ्चालकहरुको पृष्ठ भूमि खोज्ने काम हामीबाट भएन, यसले पनि समस्या ल्यायो ।’ जुन क्षेत्र कम्जोर छ त्यो क्षेत्रमा  छिर्ने प्रवृति बढेको उनको भनाई छ । सहकारीको कानुन कम्जोर छ, न्यौपाने भन्छन् – “सहकारी ऐनमा यस्तो यस्तो गर्न पाइदैन भन्ने व्यवस्था भए पनि बदमासी गरिहाले के गर्ने भन्ने ब्यवस्था नहुदा नियमक निकायलाई कारबाही गर्न असजिलो भएको छ ।”

काठमाडौ, १० बैशाख । सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले ठग मानसिकता बोकेर सहकारी क्षेत्रमा प्रवेश गरेका व्यक्तीले सिंगो सहकारी क्षेत्रलाई बदनाम गराएको आरोप लगाएका छन्। सहकारीमा ठग्न पाइन्छ भन्ने हिसाबले सहकारी खोलेकाहरुले समस्या निम्त्याएको उनको भनाई छ ।
मंगलबार सहकारी विभागमा नेपाल सहकारी पत्रकार समाजसँगको भेटमा कुरा गर्दै न्यौपानेले सिमित व्यक्तीको हालीमुहाली र साधारणा सभा कम्जोर भएकाले नै सहकारीमा समस्या आएको तर्क छ । सहकारीका सदस्यले सहकारीको स्वामित्व नलिएकाले पनि सञ्चालकहरुको चलखेल बढेको उनको भनाई थियो ।

आफु आए पछि सहकारीमा धेरै सुधारका प्रयासहरु भएको दाबी गर्दै न्यौपानेले भने – “ समस्या भनेको अहिले सिमित सहकारीमा छ, सुधार गर्न नमान्ने सहकारी सञ्चालकले गर्दा समस्या थोपरिएको हो । बलियो कानुन आए सहकारी मुल्य  र मान्यता भन्दा बाहीर रहेर काम गर्ने सहकारीलाई तहलगाउन समस्या नहुने उनको बुझाई छ । सहकारी नियमावली ल्याएर नियामक निकायलाई अधिकार सम्पन्न गराउन तर्फ आफुले पहल गरिहेको उनले बताए ।

अभिलेख

लोकप्रिय