२० कात्तिक २०८३, शुक्रबार

जाँदा जाँदै जोशीले भने, सहकारी नियमावली ल्याउने प्रकृयालाई निरन्तरता दिनुहोस्

२०७१ वैशाख ९, मङ्गलबार
जाँदा जाँदै जोशीले भने, सहकारी नियमावली ल्याउने प्रकृयालाई निरन्तरता दिनुहोस्

काठमाडौँ, ९ बैशाख । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव लालमणि जोशीले मंगलबारबाट उमेर हदका कारण अनिवार्य  अबकाश लिएका छन्  । वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट २०७० साल असार ५ गतेबाट सरुवा भएर सहकारी मन्त्रालयमा आउनुभएको जोशीले मंगलाबारबाट अबकाश लिएका हुन  ।

यो संगै सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव विहिन हुन पुगेको छ । २०३८ जेठ ८ बाट सरकारी सेवामा लेखा अधिकृतबाट प्रवेश गरेका थिए । मन्त्रालयमा मंगलबार आयोजित विदाई कार्यक्रममा बोल्दै सचिव जोशीले कर्मचारीहरुलाई राष्ट्रियतालाई ध्यानमा राखेर इमान्दारिताका साथ काम गर्न सके सफलता मिल्ने बताए । त्यस्तै सचिव जोशीले  सहकारीमा देखिएका समस्याको समाधान गर्न आफ्नो कार्यकालमा धेर थोर पहल गरेको र समस्याको पहिचान गर्न गठीत आयोगले सुधारका लगि दिर्घकालिन उपाय सुझाउनेमा आफु विश्वस्त रहेको बताए ।

सहकारीका समस्यालाई समाधान गर्न गतिलो कानुन आबश्यक रहेको उल्लेख गर्दै जोशीले नियमावली लागु गर्ने प्रकृयालाई निरन्तरता दिन समेत आग्रह गरे । कार्यक्रममा सहकारी विभागका रजिष्टार ,समस्या ग्रस्त सहकारीको छानबिन गर्न गठित आयोगका संयोजक गौरी बहादुर कार्की सहकारी मन्त्रालय मातहतका निकाय र कर्मचारीहरुको सहभागीता थियो । तस्विर साैजन्य , गाैरी बहादुर कार्की

अभिलेख

लोकप्रिय