२० कात्तिक २०८३, शुक्रबार

ओक्कुका प्रथम उपाध्यक्ष पिटर सामुदायिक साकोसबाट प्रभावित बने

२०७१ वैशाख ९, मङ्गलबार
ओक्कुका प्रथम उपाध्यक्ष पिटर सामुदायिक साकोसबाट प्रभावित बने

बनेपा । विश्वभरका बचत तथा ऋण सहकारीको छाता संगठन ओक्कुका प्रथम उपाध्यक्ष पिटर गे्रवले पनौती स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्था (साकोस) को भ्रमण गरेका छन् ।

भ्रमण टोलीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद ढकाल र सिनियर प्रोगाम अफिसर शिबजी सापकोटाको पनि सहभागीता रहेको थियो ।

पिटरसंस्थाले परिकल्पना गरेको सदश्हरको सम्मृद्ध जीवन, समुह परिचालन, ब्याजदर, उत्पादन, सदस्यता बृद्धि, कर र एकिकरण बारेमा जिज्ञासा राखेका थिए । त्यस्तै अमेरीकाको सफलता, प्रबिधि र नेपाललाई हुनसक्ने सहयोग बारे जिज्ञासाहरू को समाधान पिटरले गरेका थिए । कार्यक्रमको समापन पश्चात संस्थाका १७२७ नम्बरका सदस्य दीपक पलिखेलद्वारा सञ्चालित बंगुरफर्मको अबलोकन गराइएको थियो ।

संस्थाको गतिबिधि र प्रगति देखि पिटर निकै प्रभावित भएको संस्थाका अधयक्ष दिपक थापाले बताए ।

अभिलेख

लोकप्रिय