जाँदा जाँदै जोशीले भने, सहकारी नियमावली ल्याउने प्रकृयालाई निरन्तरता दिनुहोस्
काठमाडौँ, ९ बैशाख । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव लालमणि जोशीले मंगलबारबाट उमेर हदका कारण अनिवार्य अबकाश लिएका छन् । वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट २०७० साल असार ५ गतेबाट सरुवा भएर सहकारी मन्त्रालयमा आउनुभएको जोशीले मंगलाबारबाट अबकाश लिएका हुन ।
यो संगै सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव विहिन हुन पुगेको छ । २०३८ जेठ ८ बाट सरकारी सेवामा लेखा अधिकृतबाट प्रवेश गरेका थिए । मन्त्रालयमा मंगलबार आयोजित विदाई कार्यक्रममा बोल्दै सचिव जोशीले कर्मचारीहरुलाई राष्ट्रियतालाई ध्यानमा राखेर इमान्दारिताका साथ काम गर्न सके सफलता मिल्ने बताए । त्यस्तै सचिव जोशीले सहकारीमा देखिएका समस्याको समाधान गर्न आफ्नो कार्यकालमा धेर थोर पहल गरेको र समस्याको पहिचान गर्न गठीत आयोगले सुधारका लगि दिर्घकालिन उपाय सुझाउनेमा आफु विश्वस्त रहेको बताए ।
सहकारीका समस्यालाई समाधान गर्न गतिलो कानुन आबश्यक रहेको उल्लेख गर्दै जोशीले नियमावली लागु गर्ने प्रकृयालाई निरन्तरता दिन समेत आग्रह गरे । कार्यक्रममा सहकारी विभागका रजिष्टार ,समस्या ग्रस्त सहकारीको छानबिन गर्न गठित आयोगका संयोजक गौरी बहादुर कार्की सहकारी मन्त्रालय मातहतका निकाय र कर्मचारीहरुको सहभागीता थियो । तस्विर साैजन्य , गाैरी बहादुर कार्की
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार