आशन ग्रहणको स्किम
‘५० हजार रुपैयाँ भन्दाबढी सहयोग गर्नुहोस्, कार्यक्रमको अतिथिबन्नुहोस्’ योजना हो जिल्ला सहकारी संघ र डिभिजन सहकारी कार्यालय ललितपुरको । बाँचिरहे धेरैअनौठाकुरा देख्न र सुन्नपाईन्छभन्छन् होरहेछ । महायज्ञबाट अर्थ संकलनगर्न यस्तै सम्मानका योजना सुन्नपाइन्थ्यो, आजकाल सहकारीले पनि यसैलाई सिको गर्न थालेछन् ।
अतिथी आशन ग्रहण जस्तो सम्मानजनक शव्द र कर्मलाई रकमसँग तुलना गरी गलतप्रयोग गर्दा विश्वको आठौं आश्चर्यझैं लाग्नु स्वभाविक नै हो । अझ आशनग्रहणको स्किमको लोभ देखाएर कार्यक्रमगर्ने वाहनामामोटो रकम असुल्न खोज्नु आश्चर्यजनक हैनत ?
खिला दाहाल
प्रसंग हो, ५७औं राष्ट्रिय सहकारी दिवस मनाउनका लागि जिल्ला सहकारी संघ, जिल्ल बचत तथाऋण सहकारी संघ र डिभिजन सहकारी कार्यालय ललितपुरले संयुक्त रुपमा जिल्लाका संस्थाहरुलाई प्रेसित पत्रको । अभिभावक निकाय र नियामक निकाय प्रमुख व्यतिmहरुले हस्ताक्षर गरेको पत्रमा सहयोगका आधारमाराष्ट्रिय दैनिकपत्रिकामा नामावली प्रकाशनगर्ने देखि लिएर कार्यक्रममा आशनग्रहण गराउनेसम्मको स्किमछ ।
अर्को अचम्मको कुरा त अधिकांश कार्यक्रमहरुमा सहकारीकाअभियान्ता र सरकारी निकाएका प्रतिनिधिविच हुने आशनग्रहणको तँछाडमँछाड यो स्किमपत्रमा चाही सहमती भएको देखिन्छ । कारण संस्थावाटआउनसक्ने मोटो रकमनैहोला । जे होस् सम्भावित रकमकै कारणभएपनिजिल्ला सहकारी संध,जिल्ला बचततथाऋणसहकारी संध र डिभिजन सहकारी कार्यालयललितपुरले सहकारी प्रवद्र्वनकालागि योगदानदिनखोजेको होला, ब्यवसायीक संस्थालेझै उपहार योजनाल्याएर । प्रश्नउठ्लाउपहार योजनाले फाईदा कसलाई छ ?स्किममा सहभागीहुने संस्थाका संचालक,सदस्यकिआयोजकलाई ? तर यो जान्नपनि जरुरी छ की सहकारी सदस्यकालागिहो ।
पैशाले किनेको सम्मान र आशनलेव्यतिmएकछिन्कालागिठूलो होला तर सहकारीमाव्यतिm हैन सदस्यलाई सम्मानदिलाउने शिक्षादिनु उचितहोला । अझै पनि सहकारीकाअगुवाहुनवा सहकारीकर्मीमामाला,खादा र आशनग्रहणको भूतउत्रनसकेको छैन् । स्किमअनुरुप कम्तिमा ५० हजार तिरेर किनेको आशनमा संचालकले गरेको आशनग्रहणले सदस्यको आर्थिक,सामाजिक र सांस्कृतिक उत्थान कहानेर कसरी हुन्छ?यसको जवाफदिने जिम्माउनै योजनाकारहरुको हो ।”हामिहरुलाई त नखाउभने दिनभरिको शिकार,खाउभने कान्छावाउको अनुहार जस्तो भएको छ,पत्रथमाएर गएकाछन् दिनैपर्छ भनेकाछन्” एक सहकारीकर्मीले भने । संघहरु सकृय भएको देखाउने निहुँमा संस्थाहरुलाई कतिमर्का हुनसक्छभन्ने हेक्कापनि राख्ने होकी ।
फुस्रो सम्मानकाभोका केहि ब्यतिmहरुको स्वार्थमाल्याएको स्किमले अहिले सम्म जोगाएर राखेको जिल्ला सहकारी संघको साख गुम्ने खतरा छ । प्रारम्भिक संस्थाहरु माथिको वारम्वारको आर्थिक भारले सहकारीनै संचालकका लागि निल्नुन ओकल्नु भएको छरे । उपलब्धि मूलककार्यक्रमको आशा गरेका सहकारीकर्मी ह्रुलाई आशनग्रहणको लोभ देखाउने र आफू कमाउने धन्दा त्यागेर नियामक निकाए र अभिभावक निकाएले जिम्मेवार अभिभावक वन्ने कोसिस गर्नेपो हो की !नियामक निकाय र सहकारी अभियान विचको यो सहकार्य काले काले मिलेर खाउभाले झै त होइन?
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार