अतिथि देवो भव :
खिला दाहाल
अतिथि, यानिकि पाहुना । पाहुना भन्ने वित्तिकै आदर सत्कार गर्नुपर्छ, मिठो मसिनो खान दिनुपर्छ अनी सम्मानले राखेर आफूसँग भएका सम्झन योग्य उपहार दिनुपर्छ । किनकी पाहुना देवता समान हुन् हामीले यही सिकेका छौं । पाहुना घरका हुन या देशका । कसैले बोलाएर आउने या आफै आउने सबै पाहुना, पाहुना नै हुन । पाहुना आउने सुईको पाउने वित्तिकै हामी उसको स्वागतको लागि पूर्व तयारी त गर्छौ नै अनी तयारी गछौं उसलाई दिने उपहारको । अनि निधो गर्छौं पाहुनालाई के दिने के देखाउने र के नदेखाउनेको पनि ।
प्रसंग थालौ आउँदो चैतमा नेपालमा हुने सहकारी महासम्मेलनमा आउने पाहुनालाई गर्ने स्वागत र दिने उपहारको । नेपालमा हुन गइरहेको सहकारी महासम्मेलनको तयारीको यतिखेर राष्ट्रिय सहकारी संघले जिम्मेवारी लिएको छ । त्यसै अनुरुप विभिन्न देशका पाहुनाहरुलाई नेपालको ५७ वर्षे सहकारी अवलोकनको निम्तो पनि बाँडेको छ । अब निम्तो पाएका राष्ट्रका प्रतिनिधिहरु पक्कै अतिथि बनेर आउलान, उनीहरुलाई नेपालको ५७ वर्षे वृद्ध सहकरीबाका कथा व्यथा सुन्न मन लाग्ला उनको अवस्थाको जिज्ञासा पनि पक्कै होला, हैनत ? अब हाम्रो वृद्ध अनि जिङरिङ्ग सहकारीबाले गुनासो पोख्लान नी आफ्ना पुर्खा सँग ।
पक्कै पनि सहकारीबाले यसै भन्नलान, म उमेर नपुग्दै वृद्ध भए । मलाई आफ्नो हुदो परिभाषित गरे बेनामको भए । सबैले आफ्नै हिसाबले परिभाषित गर्न थाले । मलाई कोही राजनीतिको खोल ओडेर तर्साउछन, कोही अनियमितताको लठ्ठी बजार्छन । चेतनाको कमिले परिवार नियोजन नहँुदा सन्तान थरिथरिका अनी बग्रेल्ती भए, धेरै हुँदा “बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काधै माथि” जस्तो भए म । सबै आ–आफ्नै मस्तीमा म वेवारीसे भए । म सगरमाथाको शिर कम पाउमूनिको जमिन ज्यादा भए वा । शिक्षाको पोषण छैन मलाई संरक्षणको भर भएन । भनेर ५७ वर्षे सहकारी बाले धेरैपछि माइत गएकी छोरीले आमासँग विलौना गरेझै पूर्खासँग विलौना पोखे भने हामीसँग लाज ढाक्ने वस्त्र काहाँ छ । भएपनि एउटा दुईटा होलान जस्ले कता मात्र ढाक्ने, सहकारी बा सिङ्गै नाङ्गा भएका छन् । राजनीतिले नङ्याएको छ । गुटबन्दीको लट्टा परेको छ । समस्याहरुले सुकाएको छ । सहकारी बालाई बद्मानी गन्हाएको छ । खै बाको कुन अङ्ग सद्दे छ पाहुनालाई देखाउन । कुन कुरा बाँकी छ उपहार दिन । त्यसैले सर्वप्रथम सहकारी बाको संरक्षण गरौं । सेवा गरौं । पालन पोषण गरी हट्टा कट्टा बनाउ । तन मन र धनले हामी सक्षम बनौं हाम्रो सहकारी बा को अनुहार हसाउन अनि तन्नेरी बनाउन र सदावहार बनाउन । अनि हामीसँग देखाउने पनि हुन्छ र दिने पनि हुन्छ । ओरेन्टल जस्ता सन्तान देखाउन बोलाउने होर । कि पाँच तारेमा सम्मेलन गरेर नेपालको सहकारीको इतिवृतान्त पढाउन ? के तयारी छ सहकारी बालाई तन्नेरी बनाउने ? खै सहकारी बाले पूर्खालाई के कोसेली पठाउने ?
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार