श्रीमान् न्याय कहिले हुन्छ ?
“ढिलो न्याय दिनु न्याय नदिनु बराबर हो” । कानुनको यो सर्वमान्य सिद्धान्तका बारेमा समस्या ग्रस्त सहकारीको छानबीन गर्न बनेको आयोगका अध्यक्ष तथा पूर्व न्यायाधिश गौरीबहादुर कार्की जानकार छन् ।
गत आर्थिक बर्षमा मात्रै २ दर्जन भन्दा बढी सहकारीले ७ अर्ब भन्दा बढी ठगी गरिसकेका छन् । यहि ठगीलाई नियन्त्रण गर्न अर्थमन्त्रालयका सहसचिव बैकुन्ठ अर्याल र राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा २ छुट्टा छुट्छुटै समिती बनाएर समस्याको अध्ययन गरे पनि सुझावहरु कार्यन्वन भने हुन सकेको छैन । यस अघि बनेको आयोगको सुझावले सहकारी क्षेत्रमा नयाँ आयम ल्याउला भन्ने आशा पालाएको थियो । तर त्यो सुझाव तुहिन धेरै समय लागेन । हालै मात्र सरकारले गठन गरेको आयोग सबैको आशाको केन्द्रविन्दु बनेको छ । अब घरबार विहिन बनेका र बुझेर नबुझेर सात पुस्तालाई पुग्ने सम्पती गुमाएकाहरुलाई कसरी न्याय दिलाउन सकिएला यो आयोगकै हातमा छ ।
सहकारीमा देखिएको समस्या समाधान कसरी गर्ने र अबको सहकारी आन्दोलन कता लैजाने भन्ने दिशानिर्देश गर्ने काम अब आयोगकै हो । तर आयोगले यो जिम्मेवारी उचित तरिकाले बहन गरेको देखिएन । सहकारीमा देखिएको समस्याले सर्वसाधारणमा इतिहासमै सबै भन्दा बढी निराशा छायो । कानुन कम्जोर भयो, ठगहरु इज्जतदार बने । नियामक निकाय आफ्नै डम्फु बजाउदै छ । यो शुभ संकेत होइन ।
४। ५ करोड उठाएर केही सञ्चालकहरु भागेका छन् उनीहरुलाई पक्राउ गर्न र सम्पत्ति खोज्नुपर्ने झन्झट आयोगलाई छ । अरु त जनता ठगेर आयोगमा गुहार माग्ने सहकारी संचालकहरु नै छन्। तीन महिने समयावधि पाएको आयोगले दुई महिना बितिसक्दा पनि सरकारबाट सहयोग भएन भन्दै गुनासो पोख्न थालेको छ । उजुरी परेका सहकारी संस्थाका सञ्चालकलाई पक्राउ गर्न र उनीहरुको सम्पत्तिमाथि छानविन गर्न नेपाल प्रहरी र सीआईबी नखटिने हो भने आयोगले एक जनालाई पनि समात्न नसक्ने अबस्था आयो भन्ने आयोगलाई नै अब कस्ले न्याय देला ?
तर कार्कीले आयोगको अध्यक्ष भएर गए पछि भाषण बढी गरे छानबीनको नाममा सञ्चालकलाई बोलाएर बयान लिने काम गरे । समस्यामा परेका सहकारीको अडिट गर्ने कार्यलाई उनले तिब्रता दिएको भए धेरै समस्याको चुरो पत्तो हुन्थ्यो होला । तर इमरजेन्सी वार्डमा रहेको बिरामीलाई ओपिडीमा राखेर समाधान गर्ने प्रयास गरे । तर उनले सम्पर्कमा नआउने सञ्चालकको सम्पती जफत गर्ने गफ चुटे तर ति सम्पती कता लुकाएका छन् भनेर खोज्ने प्रयत्न नै गरेनन्। कार्कीले सुधीर बस्नेतले सर्वसाधारण कसरी डुबाए र अन्य सहकारीमा कस्तो समस्या आयो कसरी भयो भन्ने बुझेनन् । सयाद कार्कीले यती बुझे “सुधीरले पैसा कमाउनु भनेको सबै बचतकर्ताले रकम फिर्ता पाउनु हो ।”
तर अहिले जब राती तब बुढी ताती स्थितीमा आयोग आएको हो भन्दा अन्यथा नपर्ला । तर यो आयोगले पनि विगतका आयोगको भन्दा बढी काम गर्ने अबस्था देखिदैन । आयोगलाई काम गर्ने वातावरण नबनाउनु वा भौतिक पूर्वाधारमा समेत सहयोग नहुनु सरकार र सहकारी अभियान दुबैको कम्जोरी हो । स्वायत्त आयोग भएकाले काम गर्न अप्ठ्यारो छैन । जाँचबुझ आयोगको काम भने भद्रगोल बनाउदै लगियो भने , श्रीमान् न्याय कहिले हुन्छ ?
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
