५ चैत २०८१, मङ्गलबार

कहिले चाटाचाट त कहिले काटाकाट

२०७० माघ ८, बुधबार
कहिले चाटाचाट त कहिले काटाकाट

यादव हुमागाई
सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी नियमावली २०४९ को संशोधन प्रक्रिया अघि बढायो । संशोधित नियमावलीको मस्यौदामा सहकारी संस्थामा कार्यकारी संचालक बस्न नपाउने तथा सहकारीमा ३० लाख रुपैयाँ भन्दा बढी रुपैयाँ निक्षेप राख्न नपाउने व्यवस्था राखे पछि चर्को विरोध सुरु भयो । सडक सघर्ष सहितको विरोध कार्यक्रमको अगुवाई गरे राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष रहेका दिपकप्रकाश बास्कोटाले । त्यसैमा पछि लागे राष्ट्रिय सहकारी विकास बैंकका महाप्रवन्धक केबी उप्रेती र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष तथा लालिगुराँस बहुउेश्यीय सहकारीका सचिव र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी । हो मा हो भन्दै एक स्वर मिलाउदै तीनै जना नियमावली विरुद्धको आन्दोलनमा एक स्वर भएर लागे ।

नियमावली मन्त्रिपरिषद्मा पुगेर रोकिएपछि सहकारी बैंकको चुनाव सहितको साधारणसभा आयो । नियमावली विरुद्धको आन्दोलनमा एक स्वर मिलाएका बाष्कोटा, उप्रेती र भण्डारी बैंकको चुनावमा भने दुई ध्रुवमा बाडिए । उपे्रती सहितको रमेश प्रसाद पोखरेलको प्यानलले नै चुनाव जित्यो भने बाष्कोटा र भण्डारीले सर्मथन गरेको कांग्रेसी सहकारीकर्मीका राजेशहरी जोशीको प्यानलले नै भने चुनाव हार्यो । चुनावी परिणाम पछि बास्कोटा र भण्डारी आप्mनै पूर्व ‘जिग्री’ उप्रेती विरुद्ध उभिए, सहकारी बैंकको चुनावमा धाधली भएको भन्दै बास्कोटाको समूह त्यसको विरोधमा उत्रिए । पत्रकार सम्मेलन गरेर नै बैंक विरुद्ध उनीहरुले आन्दोलनको घोषणा गरे ।
सहकारी क्षेत्रमा बास्कोटा कांग्रेस निकट सहकारीकर्मीका रुपमा चिनिन्छन् । सहकारी संघको नेतृत्व एमालेको हातमा गए पछि डेमोक्रिटिभ को–अपरेटिभ एलाएन्स बनाएर उनी आफ्नो प्रभाव अmै जमाउन खोजिरहेका छन् । नियमावली विरुद्धको आन्दोलनको संयोजक भएर उनी आफ्नो प्रभाव देखाइरहेका छन् । सबैलाई रिझाउन र मान्छे अनुसारको व्यवहार गर्न माहिर एमाले निकट सहकारीकर्मी उप्रेती सबै पार्टीका सहकारीकर्मीलाई मिलाउन सक्ने प्रभावशाली नेता मानिन्छन् । एमाले निकट मानिए पनि चिप्लो व्यवहारकै कारण उनी अन्य राजनीतिक आस्थाका निकटका सहकारीकर्मीलाई समेत एक ठाउमा ल्याउन सक्ने क्षमता राख्दछन् । सहकारीबाट धेरै सम्पती कमाएको भन्दै यीनी चर्चाको पात्र बन्ने गरेका छन् ।
राजनीतिक आस्था स्पष्ट नभएपनि सहकारी क्षेत्रमा भने सुरेन्द्र भण्डारी भने माओवादी निकट सहकारीकर्मी भएको सहकारी वृत्तमा चर्चा छ । हरेक इस्युहरुमा विद्रोही धार राख्दै आएका भण्डारीको बहुउद्देश्यीय संघको चुरिफुरी नै बेग्लै भएको सहकारीकर्मीको गफको विषय बन्ने गरेको छ । कारोबारका आधारमा देशकै ठूलो सहकारीका सिइओ भण्डारीको जीवनशैली र उनले चढ्ने गाडीका बारेमा पनि चर्चा हुन्छ ।
फरक राजनीतिक धुव्र भएका यीनीहरु कहिले एकैठाउ त कहिले विपरित कोर्टमा बस्ने यी नेताहरुको बारेमा सहकारी वृत्तमा पनि निकै चर्चा हुने गर्छ । गफगफामा सहकारीकर्मीहरु भन्ने गर्छन, कहिले चाटाचाट त कहिले काटकाट ।

अभिलेख

लोकप्रिय