कहिले चाटाचाट त कहिले काटाकाट
यादव हुमागाई
सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी नियमावली २०४९ को संशोधन प्रक्रिया अघि बढायो । संशोधित नियमावलीको मस्यौदामा सहकारी संस्थामा कार्यकारी संचालक बस्न नपाउने तथा सहकारीमा ३० लाख रुपैयाँ भन्दा बढी रुपैयाँ निक्षेप राख्न नपाउने व्यवस्था राखे पछि चर्को विरोध सुरु भयो । सडक सघर्ष सहितको विरोध कार्यक्रमको अगुवाई गरे राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष रहेका दिपकप्रकाश बास्कोटाले । त्यसैमा पछि लागे राष्ट्रिय सहकारी विकास बैंकका महाप्रवन्धक केबी उप्रेती र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष तथा लालिगुराँस बहुउेश्यीय सहकारीका सचिव र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी । हो मा हो भन्दै एक स्वर मिलाउदै तीनै जना नियमावली विरुद्धको आन्दोलनमा एक स्वर भएर लागे ।
नियमावली मन्त्रिपरिषद्मा पुगेर रोकिएपछि सहकारी बैंकको चुनाव सहितको साधारणसभा आयो । नियमावली विरुद्धको आन्दोलनमा एक स्वर मिलाएका बाष्कोटा, उप्रेती र भण्डारी बैंकको चुनावमा भने दुई ध्रुवमा बाडिए । उपे्रती सहितको रमेश प्रसाद पोखरेलको प्यानलले नै चुनाव जित्यो भने बाष्कोटा र भण्डारीले सर्मथन गरेको कांग्रेसी सहकारीकर्मीका राजेशहरी जोशीको प्यानलले नै भने चुनाव हार्यो । चुनावी परिणाम पछि बास्कोटा र भण्डारी आप्mनै पूर्व ‘जिग्री’ उप्रेती विरुद्ध उभिए, सहकारी बैंकको चुनावमा धाधली भएको भन्दै बास्कोटाको समूह त्यसको विरोधमा उत्रिए । पत्रकार सम्मेलन गरेर नै बैंक विरुद्ध उनीहरुले आन्दोलनको घोषणा गरे ।
सहकारी क्षेत्रमा बास्कोटा कांग्रेस निकट सहकारीकर्मीका रुपमा चिनिन्छन् । सहकारी संघको नेतृत्व एमालेको हातमा गए पछि डेमोक्रिटिभ को–अपरेटिभ एलाएन्स बनाएर उनी आफ्नो प्रभाव अmै जमाउन खोजिरहेका छन् । नियमावली विरुद्धको आन्दोलनको संयोजक भएर उनी आफ्नो प्रभाव देखाइरहेका छन् । सबैलाई रिझाउन र मान्छे अनुसारको व्यवहार गर्न माहिर एमाले निकट सहकारीकर्मी उप्रेती सबै पार्टीका सहकारीकर्मीलाई मिलाउन सक्ने प्रभावशाली नेता मानिन्छन् । एमाले निकट मानिए पनि चिप्लो व्यवहारकै कारण उनी अन्य राजनीतिक आस्थाका निकटका सहकारीकर्मीलाई समेत एक ठाउमा ल्याउन सक्ने क्षमता राख्दछन् । सहकारीबाट धेरै सम्पती कमाएको भन्दै यीनी चर्चाको पात्र बन्ने गरेका छन् ।
राजनीतिक आस्था स्पष्ट नभएपनि सहकारी क्षेत्रमा भने सुरेन्द्र भण्डारी भने माओवादी निकट सहकारीकर्मी भएको सहकारी वृत्तमा चर्चा छ । हरेक इस्युहरुमा विद्रोही धार राख्दै आएका भण्डारीको बहुउद्देश्यीय संघको चुरिफुरी नै बेग्लै भएको सहकारीकर्मीको गफको विषय बन्ने गरेको छ । कारोबारका आधारमा देशकै ठूलो सहकारीका सिइओ भण्डारीको जीवनशैली र उनले चढ्ने गाडीका बारेमा पनि चर्चा हुन्छ ।
फरक राजनीतिक धुव्र भएका यीनीहरु कहिले एकैठाउ त कहिले विपरित कोर्टमा बस्ने यी नेताहरुको बारेमा सहकारी वृत्तमा पनि निकै चर्चा हुने गर्छ । गफगफामा सहकारीकर्मीहरु भन्ने गर्छन, कहिले चाटाचाट त कहिले काटकाट ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार