दूधको मुल्य बढाउन केन्द्रीय दुग्ध सहकारी संघको माग
काठमाडौ, ३० पुस । केन्द्रीय दुग्ध सहकारी संघले किसानले पाउने दूधको मुल्य बढाउन माग गरेको छ ।
लागत बढेपनि दुग्ध विकास संस्थानले त्यस अनुसारको मुल्य नतोक्दा पेशाबाट पलायन हुने अवस्था आएको भन्दै संघले किसानले पाउने दूधको मुल्य बढाउन र उद्योगले कम मात्रै नाफा खाएर बेच्ने बनाउन सरकारसंग माग गरेको हो ।
संघका अध्यक्ष माधव कोइरालाले दूध तथा दुग्धजन्य पदार्थ आयात भइरहेको तर उचित मुल्य नपाउँदा देशका दुग्ध उत्पादक किसान भने पेशावाट विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै किसानलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
दूध धेरै उत्पादन हुनपर्ने सिजन भएपनि किसान आकर्षित हुन नसक्दा अहिले दुग्ध विकास संस्थानले दैनिक २० हजार लिटर दूध भारतबाट मगाइरहेको र बार्षिक रुपमा ५ अरब रुपैयाँको दुग्धजन्य पदार्थ आयात भइरहेको अध्यक्ष कोइरालाको भनाई छ ।
केन्द्रीय दुग्ध सहकारी संघले दुग्ध विकास संस्थानले लागत मुल्य अध्ययन समितिले दिएको सिफारिस कार्यान्वयन नगरेकोमा आपत्ति पनि जनाएको छ । संघमा १८ सय वटा दुग्ध उत्पादक सहकारी संस्थाका झण्डै १० लाख किसान आवद्ध छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार