पितृलाई पत्र ‘वखान बा चेतना पठाइ देउ”
खिला दाहाल ।
वखान वा ! कुन दिनमा नेपालमा सहकारीको बीऊ रोपेछौ नी । के सपना देखेर सहकारीको विजारोण गरेथ्यौ कुन्नी । तिमिले रोपेको सहकारीको बीऊ स्वदेशी थियो की विदेशी ? यो त ५८ वर्ष पुग्दा पनि जिङरिङ्ग नै छ । तिमिले छोडेर गएपछि यसको हेरचाह गर्ने मालीहरु फेरिरहे कोही कस्ता कोही कस्ता आए गोडमेल नै गर्दैनन् , समयमा मलजल गर्दैनन् हलक्क बढ्ननै दिएनन् वखान बा ।
साइत हेरेर लगन जुराएर बीउ राखेनछौं की भरपर्दो मालीलाई दिएनछौ वखान बा ! तिमिले रोपेको विरुवामा राजनीतिको लाई लागेको छ, अंशवण्डाको धमिरोले खियाएको छ, तुषारोले पात झारेको छ, जराहरु फैलन पाएका छैनन् । हाँगाहरु फैलन पाएकै छैनन्, बसन्तको फूलहरु फूल्न पाएकै छैन । धमिराहरुको ताँती बढ्दै गएको छ । सधै भरी तुषाराले किक्रिक्क छ संरक्षणको छाहारी छैन वखान वा ! शिक्षा चेतनाको प्रकाश विरुवामा पर्न दिएका छैनन् । वरी परिबाट झुण्ड, मुण्ड, चामुण्डा जस्ता दैत्यहरुले घेरा हालेर हाँगा विँगा लुछी सके वखान बा । बिचरा भमरा र पुतलीहरु फूलफूलेर उपयोग गर्न पाउने आशामा पर्खिरहेका छन्, तर व्याँसा र दुम्सीहरु वरीपरि तिखा काँडा ठड्याएर लामा दारा तेस्र्याएर सिंगौरी खेलिरहन्छन् आफ्नो समुहका बाहेक अरुलाई प्रवेश निषेध गरेका छन् वखान बा । सहकारी बीउ त वेलाएतबाटै त्याएथ्यौ नी किन फस्टाएन वखान बा नेपालमा ? हावापानी मिलेनकी, सहुाउँदो मौसम, उपयुक्त माटो, भएनकी भनौ भने पनि नेपाल सबै कुराको लागि उपयुक्त स्थान हो ।
वखान बा, अशिक्षा, असक्षम, अदक्ष, र अ प्रत्यय जोडिएका गुण भएका किराहरुले कुटुकुटु खाइसके सहकारी । हाँगा, पात लुछी सके वखान वा बोक्रा मात्र ताछ्न बाँकी छ । तिमी माथीबाट टुलुटुलु हेरी रहन्छौं, त्यही विरुवा सुक्न लागेको किराहरु मोटाएर डमडम भएको । राजनीतिको जालोले घेरीसक्यो, रोजगारी, उत्पादनमूखी, स्वरोजगार शब्द खेती गरेरे खाने शब्द मात्र बनाए । तिमिलाई चिन्ता लागेको छैन बखान बा । पक्कै लागेको होलानी हैन त । मिल्ने भए खुत्रुक्क तल झथ्र्यौ होला, सबैलाई एउटै परिधिमा समेट्थ्यौ होला । सहकारीले देशको अर्थतन्त्रमा पुर्याएको योगदान, सहकारी मार्फत उत्पादन, स्वरोजगार वृद्धि समाजको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुने तिमिले देखेको सपना पुरा गर्न सक्षम नेतृत्व गथ्र्यौ होला ।
सहकारीलाई दलिय भागवन्डामा विभाजन गरी उल्फाको धन फूपूको श्राद्ध गर्न खोज्नेलाई चिमोटी चिमोटी दिक्क लगाउथ्यौं होला, सहकारीको खोल ओडेर राजनीतिक पार्टीको सिरानीमा मस्त निदाउन खोज्नेलाई उडुस र उपिया बनी सताउथ्यौ होला हैन बखान बा । सहकारी मार्फत कृषि क्रान्ति गरी गरिबी निवारण गर्न तिम्रो योगदान कम महत्वपूर्ण हुन्नथ्यो होला । तर अहिले यहाँ त गरिब निवारण हुन लाग्यो वखान वा ! गुणगान गाउनु पर्ने यी मूखहरुले श्रापगान गाउने बनाए, सहकारी श्रापकारी बनाउन लागे बा ।
बचाउ लौन बखान बा किटनाशक औषधी पठाइदेउ, यो विरुवा तङग्रिने भिटामिन पठाइदेउ, हरिया पात पलाउने हाँगाविङ्गा मोटाउने आर्थिक, सामाजिक र सास्कृतिक फूलफूल्ने औषधी पाठाइ देउ बखान बा ! स्वस्थ फल फल्ने वातावरण मिलाई देउ, उत्पादन रोजगार सेवा, र व्यवसायको छाहारी बनाइदेउ बखान बा ! तिमि आउन सक्दैनौ भने पनि, यी सबै गर्नसक्ने नेतृत्व पठाइदेउ । त्यो पनि सक्दैनौ भने, भएका हरुलाई वृद्धि फुराइदेउ लैन वखान बा चेतना पठाइ देउ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार