नायः सहकारीको पाँच सुत्रिय माग
काठमाडौं, २७ पुस । नायःवचत तथा ऋण सहकारी संस्थाले पाँच सुत्रीय माग राख्दै तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
वद्यशाला निर्माणका लागि सरकारले छुट्याएको बजेट तुरून्त निकासा गारिनुपर्ने, लिजको जग्गाको कुनै भरोसा नहुने हुँदा स्थानिय निकायले एैलानी जग्गा उपलब्घ गराउनुपर्ने, वद्यशाला निर्माणको नाममा (कोही व्यक्ति) ठेकेदार भएर रकम लगेको हो भने सार्वजनिक गर्नुपर्ने माग सरकार समक्ष राखेको छ । त्यस्तै वद्यशाला निर्माणमा मासु व्यवसायी स्तरका दलाल ठेकेदारलाई सहभागी नगराउन र वधशाला व्यवसाय सम्वन्धि छलफल निर्णयमा व्यवसायीलाई अनिवार्य सहभागि गराउनुपर्ने लगायतका पाँच सुत्रीय माग अघि सारेको छ ।
विदेश पलायन श्रमशक्ति र अर्थलाई देशभित्रै परिचालन गर्दै उपत्यकामा स्वच्छ मांसाहार पदार्थ उपलव्ध गराउने उदेश्यबाट सहकारी स्थापना भएको भन्दै सो माग राखिएको हो । नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नं ३ मा निर्वाचित सभासद रामेश्वर फुयाँलको प्रमुख आथित्यतामा आयोजित सभा सहकारी अध्यक्ष रामकृष्ण खड्गीको सभापतित्वमा सम्पन्न भएको छ । संस्थाको कोषाध्यक्ष पृथ्वीनारायण शाहले ९४ लाख रुपियाँ कारोवारको हिसाव सार्वजनिक गरेका थिए ।
सभामा २०६९/२०७० मा एसएलसी उतिर्ण गरेका सहकारी सदस्यका छोराछारीहरु, असल ऋणी, पुराना कर्मचारीहरु चण्डन शाहि, अञ्जना खडगी लगायतलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार
विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
१८ श्रावण २०८३, सोमबार