सहकारी मैत्री संविधान बनाउन सक्दो प्रयास गर्छु : मानन्धर
काठमाडौं, २७ पुस। संविधान सभाका सदस्य रामबीर मानन्धरले नयाँ बन्ने संविधान सहकारी मैत्री बनाउन आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।
नयाँबजार स्थित अभयपुर बचत तथा ऋण सहकारी संस्थाको चौथौ साधारणसभामा बोल्दै मानन्धरले सहकारी देशको आर्थिक मेरुदण्ड भएकाले यसको विकासमा आफूलागि पर्ने बताए । त्यस्तै सहकारीहरुमा आर्थिक पारदर्शीता र शुसासनको कमी भएको बताउँदै त्यस तर्फ सचेत हुन पर्ने उनको भनाई थियो ।
संस्थाका अध्यक्ष मेघनाथ न्यौपानेले संस्थाले छोटो समयमै उल्लेख्य प्रगती गर्न सफल भएको बताए । २५ जनाबाट शुरु गरेको यस संस्थामा हाल ५ सय २८ जना रहेका छन् । संस्थाको शेयरपुँजी ४१ लाख ६८ हजार ८ सय ५० रहेको छ ।
संथाले आर्थिक वर्ष २०६९/७० मा १ करोड ९ लाख ३७ हजार २४ रुपैंया निक्षेप संकलन गरी १ करोड २४ लाख ९५ हजार ७ सय ५१ कर्जा प्रवाह गर्न सफल भएको सभामा जानकारी गराइएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार