सहकारीमा सेयर सदस्यको व्यक्तिगत दुर्घटना बिमा
काठमाडौ , २६ पुस । नवआदर्श बचत तथा ऋण सहकारी संस्था लिको छैटौँ साधारणसभाले जगतबहादुर श्रेष्ठलाई तीन वर्षका लागि पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
संस्थाका उपाध्यक्षमा गौरीशहरण श्रेष्ठ, सचिवमा हरिओम श्रेष्ठ, कोषाध्यक्षमा राकेश श्रेष्ठ तथा सदस्यमा अष्टकुमार कवें, दीपेन्द्र वज्राचार्य, कपिल खड्का, सुरोजविक्रम शङ्खदेव र श्यामलक्ष्मी श्रेष्ठ रहनुभएको छ ।
प्रारम्भिक चरणमा रु ४१ हजार सेयरपुँजीबाट सुरु भएको संस्थामा हाल रु ८५ लाख ८३ हजार १०० सेयरपुँजी र रु दुई करोड ९२ लाख ५३ हजार ४५७ निक्षेप सङ्कलन गरिएकामा विभिन्न शीर्षकमा रु तीन करोड ५५ लाख ३६ हजार ऋण लगानी गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
सेयर सदस्यको व्यक्तिगत दुर्घटना बिमासमेत गरिएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले सदस्यलाई लक्ष्य गरी स्वास्थ्य शिविर, स्वास्थ्यसम्बन्धी अभिमुखीकरण, रक्तदान र आयमूलक तालिम कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । संस्थामा महिला सदस्य ३३६, पुरुष ३६१ र संस्थागत चार सदस्य छन् । गत वर्षको तुलनामा यस वर्ष सेयरपुँजीमा १६ दशमलव ६५ प्रतिशत, निक्षेपमा ५४ दशमलव २८ र ऋण लगानीमा ४१ दशमलब ६८ प्रतिशतले वृद्धि भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार