राष्ट्रिय सहकारी संघको २१ औं साधारणसभा आज
काठमाडौं, २५ पुष । राष्ट्रिय सहकारी संघको २१ औं बार्षिक साधारणसभा आज हुँदै छ । संघको २०७० कार्तिक ७ गते बसेको १ सय ५४ औं संचालक समितिको बैठकको निर्णय अनुसार साधारणसभा आज भएको हो ।
संघको नवनिर्मित भवन पुल्चोकमा साधारणसभा बिहान ९ बजेका लागि बोलाइएको थियो । यस वर्ष संघको नयाँ नेतृत्व चयन गर्ने भएपनि साधारण सभा आज गरेर केही महिना पछि चुनावी माहोलमा जाने बुझिएको छ । संघको चुनाव भने चैतमा हुने स्रोतको भनाइ छ । आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र अनिवार्य रुपमा साधारणसभा गर्नु पर्ने भएकाले चुनावी माहोललाई पछि धकेलेर साधारण सभा गर्न लागिएको बुझिएको छ ।
विगतका वर्षहरु भन्दा यस वर्ष साधारण सभा फरक तरिकाले गरेका छन् । सहकारी अभियानका साथै संचारकर्मी समेत खबर नगरी सुटुक्क साधारण सभा गरिएको छ । संघको प्रतनिधिहरुलाई मात्र खबर गरेर साधारणसभा बोलाइएको र सूचना पनि प्रकाशित गरेको छैन ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार
विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
१८ श्रावण २०८३, सोमबार