उपराष्ट्रपति परमानन्द झाले शक्ति प्रयोग गरेर ओरियन्टलमा फसेको रकम उठाए
काठमाडौं २५ पुस । सहकारी संस्थाहरुमा गरेको वचत फिर्ता नपाएर सर्वसाधारणको उठीबास भइरहेका बेला उपराष्ट्रपति परमानन्द झाले भने शक्ति प्रयोग गरेर ओरियन्टल सहकारी संस्थामा फसेको रकम उठाएका छन् ।
उनले ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतलाई प्रहरीमार्फत् दवाब दिएपछि केही समयअघि मात्र रकम फिर्ता पाएका हुन् । ‘केही समयअघि रकम फिर्ता पाइसकेकाले यस विषयमा धेरै कुरा गर्न चाहन्न’ उपराष्ट्रपतिका एक सहयोगीले भने ‘सबै कुरा बताउँदा अनावश्यक विवाद सिर्जना हुन सक्छ ।’
उपराष्ट्रपतिले कति रकम र कुन मितिमा फिर्ता लिएको भन्ने विषयमा पनि उनले स्पष्ट रुपमा खुलाउन चाहेनन् । यद्यपि, स्रोतका अनुसार असुली रकम सात लाख रुपैंयाँ रहेको छ ।
ओरियन्टल र गुण सहकारीद्वारा १२ करोड फिर्ता
सहकारी संस्थामा वचत गर्नेहरुले रकम फिर्ता नपाएको व्यापक गुनासो परेपछि सरकारले जाँचबुझ आयोग गठन गरेपछि कतिपय संस्थाहरुले धमाधम वचत फिर्ता दिन थालेका छन् । आयोग गठनपछि ओरियन्टलले ७ करोड र गुण कोअपरेटिभले ५ करोड रुपैंयाँ फिर्ता गरिसकेको आयोगका अध्यक्ष गौरीबहादुर कार्की बताउँछन् । ओरियन्टलले ११ हजार वचतकर्ताको साढे ३ अर्ब र गुणले एक हजारभन्दा बढी वचतकर्ताको १ अर्ब रुपैयाँ वचत फिर्ता गर्नुपर्ने अवस्था छ ।
‘गुणले ५/१० हजार रुपैयाँ वचत गर्ने करिब ५ सय वचतकर्ताको ७ करोड रुपैयाँ फिर्ता गरेको लिस्ट आयोगमा बुझाएको छ’ कार्कीले भने ‘हामीले क्रस चेक गर्दा वचतकर्ताले फिर्ता पाएको बताए ।’ ठूला रकम भने फिर्ता गर्न सकेको छैन । चालीस लाख रुपैयाँ वचत गर्ने एक वचतकर्तालाई २ लाख रुपैयाँमात्र फिर्ता गरेको पनि कार्कीले जानकारी दिए ।
त्यसैगरी, ओरियन्टल सहकारीका अध्यक्ष बस्नेतले वचतकर्तालाई ५ करोड रुपैयाँ बराबरको जग्गा पास गरिदिएको भन्दै आयोगमा जग्गा लिनेहरुको नामावली पठाएका छन् । ‘इटहरी लगायतका विभिन्न ठाउँको जग्गा पास गरिदिएको भन्दै लिस्ट पठाएका छन्’ कार्कीले भने ‘हामी भेरिफाइ गर्दर्छौं ।’
कमजोर नियामक निकायका कारण सहकारी संस्थाहरुमा विकृति बढेपछि वचतकर्ताले लामो समयदेखि रकम फिर्ता पाउन सकेका छैनन् । देशभरका १४ हजार वचतकर्ताले ६३ वटा सहकारी संस्थाबाट करिब १२ अर्ब रुपैयाँ फिर्ता नपाएको भन्दै आयोगमा उजुरी गरेका छन् । देशभर वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु १२ हजारभन्दा बढी छन् ।
पुष्प दुलाल।अनलाईन खबरबाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार