कृषिमा सहकारीको भूमिका बढाउन जरुरीःबडाल
काठमाडौँ, २४ पुस । राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले कृषि उत्पादनको क्षेत्रमा सहकारीको भूमिका बढाउन जरुरी रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय पारिवारीक खेती वर्ष आयोजक समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा कृषि उत्पादन वृद्धिका लागि आधुनिक बीउविजन अत्याधुनिक प्रविधिको व्यवस्थापन र दक्ष जनशक्तिको अभाव रहेकाले त्यसलाई परिपूर्ण गर्ने योजना तथा नीति सरकारले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्थविद् केशव आर्चायले कृषि क्षेत्रको विकासका लागि दीर्घकालीन तथा अल्पकालीन योजना तयार गरी ती योजना पूरा गर्ने रणनीतिअन्तर्गत जिल्ला, गाउँ र वडास्तरीय अभिमुखीकरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय गोष्ठी गरी सफलता हासिल गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष खेमबहादुर पाठकले संयुक्त राष्ट्र संघले २०१४ लाई पारिवारिक खेती वर्ष मनाउने घोषणा गरेपछि नेपालमा पनि पारिवारीक खेती वर्ष मनाउन लागिएको जानकारी दिँदै गरिबीसँग लड्नका लागि खाद्य सुरक्षा र सम्प्रभूताको खोज भन्ने उद्देश्यका साथ सो कार्यक्रम गरिने बताउनुभयो ।
सो समितिले २०१४ जनवरी १ देखि पारिवारिक खेतीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । यस कार्यक्रमले १० लाख परिवारले भाग लिई उत्पादन वृद्धिका कार्यमा संलग्न हुने विश्वास गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार