७ वैशाख २०८३, सोमबार

अष्ट ज कृषि सहकारीमा रुपान्तरित

२०७० पुष २३, मङ्गलबार
अष्ट ज कृषि सहकारीमा रुपान्तरित

काठमाडौं २३ पुस । अष्ट ज बचत तथा ऋण सहकारी संस्था विशेष साधारणसभाबाट अष्ट ज कृषि सहकारीमा रुपान्तरित भएको छ ।

अष्ट ज को केन्द्रीय कार्यालयमा हालै सम्पन्न विशेष साधारणसभाले निवर्तमान उपाध्यक्ष युवराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । नवनिर्वाचित कायर्समितिको उपाध्यक्षमा मित्र राना, सचिवमा देवेन्द्र पौडेल, कोषाध्यक्षमा भुपराज भूसाल र सदस्यहरूमा प्रकाश गिरी, नेहा शर्मा, डा उद्धव खड्का र कृष्णराम मगराती चयन हुनुभएको छ ।

सभाले अष्ट ज अभियान नेपालका केन्द्रीय अध्यक्ष लोककृष्ण भट्टराई, अष्ट ज अभियान नेपालका उपाध्यक्ष तथा अष्ट ज सहकारीका पूर्वअध्यक्ष शिव अधिकारी, अष्ट ज अभियान नेपालका केन्द्रीय सचिव डा विष्णु चापागाई, कृषि विभागका पूर्वमहानिर्दशक तथा अष्ट ज अभियन्ता डा खेम शर्मा पौडेल र अष्ट ज अभियान नेपालका केन्द्रीय अभियन्ता रामलाल श्रेष्ठ लगायतको सल्लाहकार समिति गठन गरेको छ ।

कार्यक्रममा अध्यक्ष शिव अधिकारीको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष भुपराज भूसालले प्रस्तुत गर्नुभएको आर्थिक तथा देवेन्द्र पौडेलले प्रस्तुत गर्नभएको नाम तथा विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

नेपालको दिगो आर्थिक विकासका लागि कृषि व्यावसायीकरणको राष्ट्रिय जागरणमा कृयाशील हुँदै आएको अष्ट ज अभियान नेपालको लक्ष्य, उद्देश्य र भावलाई आत्मसाथ गर्नेगरि अभियानसँग जोडेर सहकारी सञ्चालन गर्न वाञ्छनीय देखिएकाले अष्ट ज बचत तथा ऋण सहकारी संस्थालाई अष्ट ज कृषि उत्पादन तथा बजार ब्यवस्थापन केन्द्रीय सहकारी संस्थाको रूपमा रुपान्तरण गरेको सो संस्थाले जनाएको छ ।

अष्ट ज अभियान नेपालको एउटा पाटोका रूपमा वि.सं २०६९ मङ्सिरमा स्थापित अष्ट ज बचत तथा ऋण सहकारी संस्था कृषि सहकारीमा परिवर्तित भएको हो । हाल यस कृषि सहकारी संस्थामा ८७ जना सेयर सदस्यहरू रहनुभएको छ ।

यो पनि पढ्नुस ।

सेति गणेश चौथो वर्षमा

अभिलेख

लोकप्रिय