विजय शान्ति सहकारी पुँजी बढाउँदै
२०७० पुष २२, सोमबार
काठमाडौँ, २२ पुस । विजय शान्ति बचत तथा ऋण सहकारी लि, मरुटोलले आर्थिक वर्ष २०६९÷७० मा रु एक लाख २१ हजार ४६ खुद मुनाफा आर्जन गरेको छ ।
शनिबार सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष जयन्द्रमान सिंह बनियाले चालु आवमा चुक्ता पुँजी वृद्धि गर्न ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव राख्नुभएको थियो र यसलाई सर्वसम्मतिबाट पारित गरिएको थियो ।
गत वर्षको साधारणसभामा घोषणा गरिए मुताबिक संस्थाले चुक्ता पुँजीमा १० प्रतिशतले वृद्धि गरिसकेको छ । संस्थाको निक्षेप बचत रु पाँच करोड २४ लाख, कर्जा सापटी रु चार करोड ३५ लाख र लगानी रु एक करोड ४२ लाख रहेको छ ।
विसं २०६५ कात्तिक महिनादेखि सञ्चालनमा आएको यो सहकारीको ५७ जना सेयरधनी रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार