७ वैशाख २०८३, सोमबार

नेफ्स्कून पदाधिकारी चितवनमा सम्मानित

२०७० पुष २१, आईतवार
नेफ्स्कून पदाधिकारी चितवनमा सम्मानित

सिमरा, २१ पुस । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष ऋषिराज घिमिरेले सहकारी अभियानका उपलव्धिहरुलाई संस्थागत गर्दै विकृति विसंगतिहरुलाई हल गर्न छुट्टै बचत तथा ऋण सहकारी ऐन आवश्यक रहेको बताका छन् ।

चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ र स्थानीय बचत तथा ऋण सहकारीहरुको संयुक्त आयोजनामा नेफ्स्कूनका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । घिमिरेले कतिपय सहकारीहरुले आफ्नो लगानी अनुत्पादक क्षेत्रमा गरेका, जोखिम व्यवस्थापन गर्न नसकेका र समुदायमा आधारित भएर अघि नबढदा केही ठुला भनिएका सहकारीहरुमा समस्या देखिएको बताए । यसबाट पाठ सिकेर अघि बढन सबै सहकारीलाई घिमिरेले आग्रह थियो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरे, उपाध्यक्ष डिबि बस्नेत, महासचिव परितोष पौड्याल, सञ्चालकहरु ईन्द्रज्योती पौडेल, शान्ती अधिकारी, कृष्ण पौडेल, नवराज सापकोटा र कृष्ण नेपाल सम्मानित भए । उनीहरुलाई चितवन जिल्ला संघका उपाध्यक्ष जगन्नाथ भण्डारीले सम्मान गरेका हुन् ।

अभिलेख

लोकप्रिय