माता म्हेपी सहकारीको अध्यक्षमा कृष्णनारायण श्रेष्ठ
काठमाडौं, २० पुस । माता म्हेपी बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको चौथो साधारणसभाले कृष्णनारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा ज्वालासुन्दर तुलाधर, कोषाध्यक्षमा रमा रेग्मी, सचिवमा विनयकुमार राजभण्डारी रहनुभएको छ । त्यस्तै सदस्यमा रञ्जित देव, सुर्भदा मानन्धर, अमूल्य सागर तुलाधर रहनुभएको छ ।संस्थाले ३ करोड २५ लाख निक्षेप संकलन गरेको छ । संस्थामा १ सय १० जना शेयर सदस्य रहेका छन् । संस्थाले गत आर्थिक वर्षमा १ लाख ३२ हजार आयकर तिरेको थियो ।
संस्थाका नवनिर्वाचित अध्यक्ष कृष्णनारायण श्रेष्ठले संस्थाले सामाजिक कार्यमा पनि आफ्ना गतिविधि सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी काठमाडौं क्षेत्र नम्बर ४ का सभासद् रामविर मानन्धरले आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेकाले सहकारीको प्रवद्र्वनमा लाग्नुपर्ने बताउनुभयो ।
संस्थासंग कारोवार गर्ने उत्कृष्ट सदस्य छनौट गरि चन्द्रकुमार स्थापित , पन्नाशोभा कंसाकार , बसनारायण महर्जन , हरिओम नारायण मानन्धर र पदम गजमेरलाई सभामा प्रमुख अतिथिको हातवाट सम्मान उपहार वितरण गरियो भने संस्थाका जेष्ठ सदस्य तथा उपाध्यक्ष प्रथमजीव स्थापितलाई पनि सभाले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार