पन्चतारा महिला सहकारीको आफ्नै भवन
चितवन, १८ पुष । सौराहा स्थित पन्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा तथा नव निर्मति भबनको उद्घाटन नेफ्स्कुनका नब निर्वाचित संचालक सदस्य एवं चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नबराज सापकोटाले बुधबार एक समारोहका बीच गरेका छन् ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि सापकोटाले चितवनमा एक सय भन्दा बढी महिला सहकारी संस्थाहरु रहेको र महिला संचालकहरुले व्यवस्थापन गरेका सहकारीहरूमा सदस्य सेवा उत्क्रिष्ठ देखिएको बताए । त्यस्तै ऋण असुलीदार सतप्रतिसत रहेको, बचत नियमित देखिएको ऋण प्रवाह प्रभाबकारी देखिएको धारणा राखे । संस्थाले आगामी दिनमा सदस्य हरुलाई ऋण प्रबाह गर्दा परम्परागत कृषि लाई आधुनिकीकरण तर्फ प्रोत्साहित गरि आय अर्जनमा केन्द्रित रहन सुझाव दिएका थिए ।
जिल्ला संघ र नेफ्स्कुन दिगो बचत तथा ऋण सहकारी संस्थाहरुमार्फत समुदायको आर्थीक, सामाजिक र सांस्कृतिक विकासमा क्रियाशिल रहेकोले आफ्ना सदस्य संस्थाहरु संग सहकार्य गरि सहयोग गर्ने बताए । संस्थाले सेयर सदस्य बाट जनही न्युनतम ३ सय, संचालक हरुबाट जनही न्वुनतम १ हजार, समुदयिक बन समिति बाट २५ हजार तथा चन्दा संकलन र संस्थाको जगेडा कोष बाट समेतगरी १० लाख १६ हजारमा भवन निर्माण गरेको हो । कार्यक्रममा मिर्गकुंज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामेश्वेर मिश्र, सामुदायिक बन समितिका अध्यक्ष बासुदेव चापागाई लगाएत ले शुभकामना दिएका थिए ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट काम गर्ने सहकारीकर्मीहरुलाई सम्मान गरिएको थियो । जसअनुसार बृद्ध सदस्य सेती देवी थरुनी, सेयर बृद्धी तर्फ मेनुका देवी लामा, बचत तर्फ चण्डिका दाहाल, बल बचत तर्फ एसीस भट्ट, चन्दा दताको तर्फ बाट बाघमारा सामुदायिक बन र होटेल पार्क साइड लाई प्रसंसा पत्र सहित सम्मान गरिएको थियो ।
बाह्र वर्षअघि ३० जना सदस्य बाट ३ हजार पुँजी संकलन गरि स्थापना भएको संस्थाले हाल सात सय सदस्यहरुवीच करीव दुइ करोडको कारोवार गरिरहेको छ । संस्थाम हाल १५ लाख २१ हजार शेयर, १ करोड ३२ लाख ३६ हजार बचत, १ करोड ५४ लाख ८२ हजार को ऋण कारोवार गरिरहेको छ । गत बर्ष ५२ लाख १ हजार ६ सय ६५ रुपिया नाफा गरेकोमा चालु बर्षमा ६६ लाख १ हजार ३ सय नाफा आर्जन गर्न सफल भएको संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार