कफी गाउँमा सहकारीको होमस्टे
पर्वत, १ ८ पुस/ स्वाद र गुणस्तरको हिसावले विसिष्ठ र नेपालकै सर्वोकृष्ठ कफीको प्रचार, कृषिजन्य बस्तुको उत्पादन तथा प्रबद्र्धन, स्थानीय कला र सँस्कृतिको जगेर्ना गर्दै गाउँ छाडेर जाने वा विदेशीने प्रबृतिलाई रोकी स्थानीयस्तरमै स्वरोजगार सृजना गर्ने उदेश्यका साथ कफीको पकेट क्षेत्र मानिने पर्वत जिल्लाको तिलाहार गाविस स्थित थामर्जुङ गाउँमा होमस्टे शुरु गरिएको छ। जिल्ला कफी व्यवसायी संघ पर्वत र जिल्ला कफी सहकारी संघ लिमिटेडको प्रबद्र्धन एवं स्थानीय हिमाल कफी सहकारी संस्था लिमिटेडले होमस्टे शुरु गरिएको हो।
‘होमस्टे, कृषि र पर्यटन, नमुना गाउँ थामर्जुङ’भन्ने मुल नारा सहित शुरु गरिएको उक्त होमस्टेमा पहिलो पटक कोरियाको सिओल स्थित ग्युमसान गान्धी स्कुलका शिक्षक र विद्यार्थी स्वेदेशी पाहुना गरि गरि ३० जना जनालाई स्थानीय थामर्जुङवासीले भव्य स्वागत गरेका छन्। उक्त टोलीको संयोजन हिमालया ओरजिनल प्रा.ली. एवं इको फ्रेण्डली एग्रो अर्गानीक कन्सेप्ट प्रा.लि. काठमाण्डौका प्रबन्धक सन्तोष पोखरेलले गरेका छन्।
जिल्ला कफी व्यवसायी संघका अध्यक्ष एवं नेपाल कफी व्यवसायी महासंघका महासचिव भवानीप्रसाद शर्माका अनुसार कोरियन शिक्षक तथा बिद्यार्थीहरुले विद्यार्थीहरु कफी खेती लगायत कृषि उत्पादन, स्थानीय खाना तथा कला र संस्कृतिको अध्ययन गर्ने कार्यक्रम रहेको छ। ७ दिनसम्म थामर्जुङमा रहँदा उनहिरुले कफी लगायत कृषि उत्पादन सम्वन्धी जानकारी लिनुको साथै स्थानीय वासिन्दालाई आफुले जानेको ज्ञान तथा अनुभवलाई साटासाट गर्ने छन्।
अधिकासं क्षेत्रीहरुको वसोवासको साथै एउटै सम्प्रादाय तथा संस्कृति रहेको उक्त थामर्जुङ गाविस भौगोलिक, सामाजीकको साथै कृषि तथा पशुपालन एवं पर्यटकीय हिसावले समेत उपयुक्त स्थान मानिएको छ। वेरोजगारी तथा विकटताको कारण मानिसहरु गाउँवाट पलायन भैरहेको अवस्थामा होमस्टे संचालन गरेपछि गाउँको मुहार फेरीने आयोजकको विश्वास रहेको छ।
थामर्जुङ गाउँवाट माछापुच्छ्रे, अन्नपुर्ण, धौलागिरि, निलगिरि लगायत अन्य मनोरम हिम श्रृंखलाहरु देखिनुको साथै पर्वत, कास्की, बागलुङ, म्याग्दी र मुस्ताङका अधिकासं मनोरम दृष्यहरु अवलोकन गर्न सकिन्छ। उक्त स्थानवाट कास्कीको सल्यान हुँदै पर्यटकीय स्थान पंचासेमा समेत जानसकिन्छ। अन्नपुर्ण पदमार्गमा पर्ने घोरेपानी र घान्द्रुक प्रबेस गर्ने मुख्य विन्दु नयाँ पुल समेत २ किमिको दुरीमा पर्ने भएकोले पर्यककको लागि थप आकर्षक बन्ने हिमाल कफी सहकारी संस्थाका अध्यक्ष एवं थामर्जुङ होमस्टे मुल समितिका संयोजक चित्रवहादुर बस्नेत बताउँछन्।
पोखरा बागलुङ राजमार्ग अन्र्तगत गर्ने डिमुवा बजारवाट पैदल ४५ मिनेटमा पुग्न सकिने उक्त थामर्जुङ गाउँमा कच्ची सडक समेत पुगेको छ । समुन्द्र सतहदेखी १२ सय मिटरको उचाईमा रहेको थामर्जुङ गाउँमा जानको लागि नियमित रुपमा यातायातका साधन नचले पनि आवाश्यकता अनुसार लैजान सकिने व्यवस्था रहेको बस्नेतको भनाई छ।
होमस्टे संचालनको लागि जिल्ला विकास समिति, नेपाल पर्यटन बोर्ड, लगायत विभिन्न सरकारी तथा गैरसरकारी सस्थाहरु सँग समन्वय गर्नुको साथै छिटैनै थामर्जुङ गाउँलाई पर्यटकीय गाउँ बनाउनको लागि प्रयास गरिने मुल समितिका संयोजक बस्नेतले वताए।
संघका अध्यक्ष भवानीप्रसाद शर्माका अनुसार ‘होमस्टे, कृषि र पर्यटन, नमुना गाउँ थामर्जुङ’ भन्ने नारालाई सार्थक पार्न उक्त गाउामा वातावरण एवं सरसफाई, रितिरिवाज संस्कार र सभ्यता, नमुना घरयासी व्यवस्थापन, मनोरम दृष्य अवलोकन एवं पर्यटन विकास, सथानीय खाना एवं परिकार जस्ता महत्वका विषयहरु संचालन गरिने छ। त्यसैगरी उक्त गाउँमा स्थानीय खाना एवं परिकार, पुजा आजा एवं मन्दीर व्यवस्थापन, सुचना एवं संचार, शिक्षा र साक्षरताको साथै सामुहिक सवागत एवं अभिनन्दन जस्ता कुराहरुलाई समेटीएको छ।
त्यस्तै गरि कृषि तर्फ व्यवसायीक कफि खेतीको साथै, व्यवसायीक सुन्तला खेती, व्यवसायीक माहुरी पालन, व्यवसायीक बाख्रा पालन, व्यवसायीक बाख्रा पालन, व्यवसायीक माछा पालन, व्यवसायीक फलफुल तथा तरकारी नर्सरीको साथै व्यवसायीक लिचि, अम्वा र मेवा जस्ता कार्यक्रम संचालन गरिने अध्यक्ष शर्माले वताउनुभयो।
उक्त अभियानलाई निरन्तर रुपमा संचालन गर्नको लागी हिमाल कफी सहकारी संस्था लिमिटेडद्वारा ३८ सदस्यिय मुल समितिको साथै ११ वटा विभिन्न्न समितिहरु गठन गरिएको जिल्ला कफी व्यवसायी संघ पर्वतले जनाएको छ। संघका अनुसार चुडाकुमारी खत्री संयोजक रहेको वातावरण संरक्षण एवं सरसफाई समिति, चन्द्रवहादुर खत्री संयोजक रहेको रितिरिवाज, संस्कार र सभ्यता संरक्षण समिति, शान्ति बस्नेत संयोजक रहेको नमुना घरयासी व्यवस्थापन समिति, जुना भुवाजी संयोजक रहेको स्थानीय खाना एवं परिकार समिति र भिमप्रसाद भट्टराई संयोजक रहेको शिक्षा र साक्षरता समिति गठन गरेको छ।
त्यसैगरी गंगा बस्नेत संयोजक रहेको स्वागत एवं अभिनन्दन समिति, दलवहादुर थापा संयोजक रहेको मनोरम दृष्य अवलोकन तथा पर्यटन समिति, भिमकली थापा संयोजक रहेको सुचना एवं संचार समिति, टेक वहादुर भुवाजी संयोजक रहेको साँस्कृतिक कार्यक्रम तथा मनोरञ्जन समिति, लक्ष्मण खत्री संयोजक रहेको संयोजक रहेको स्वयंसेवक समिति र मैना खत्री संयोजक रहेको मन्दीर व्यवस्थापन तथा पुजा आजा समिति गठन गरेको संघले जनाएको छ। साभार – सबको खबरबाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार