सहकारीमैत्री संविधान निर्माणमा जोड
सिमरा, १४ पुस। बारा जिल्ला क्षेत्र नं. ६ बाट नवनिर्वाचित सभासद पुरुषोत्तम पौडेल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का नवनिर्वाचित सञ्चालक कृष्ण पौडेललाई सहकारी अभिनन्दन गरिएको छ । निजगढस्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाले चौथो वार्षिक साधारणसभाको अवसरमा दोसल्ला र कदरपत्रसहित अभिनन्दन गरिएको हो ।
उहांहरुलाई दोसल्ला ओढाई कदर पत्र र उपहारसहित संस्थाका अध्यक्ष अम्विका चौलागाईले अभिनन्दन गरिएको छ । नेपाल उपभोक्ता केन्द्रीय सहकारी संघका कोषाध्यक्ष टेकप्रसाद चौलागाई र बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमसमेत अभिनन्दित हुनु भएको छ ।
वार्षिक साधारणसभालाई सम्वोधन गर्दै नवनिर्वाचित सभासद पुरुषोत्तम पौडेलले सहकारीमैत्री संविधान, कानून र कार्यविधि बनाउने प्रतिवद्धता जनाउनु भएको छ । समाजका सबै क्षेत्रको सहकारीकरणबिना मुलुकको विकास सम्भव नभएको बताउदै त्यसका लागि संविधान र शासकहरु सही हुनुपर्ने पौडेलले बताउनु भयो ।
त्यसैगरी नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक कृष्ण पौडेलले समाजको समृद्धि र अर्थतन्त्रको सवलीकरणको लागि पूंजीको विकास प्रचुर मात्रामा आवश्यक रहेको र त्यो आवश्यकता बचत तथा ऋण सहकारीहरुले पुरा गर्ने सामथ्र्यता विकास गरिरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल उपभोक्ता केन्द्रीय सहकारी संघका कोषाध्यक्ष टेकप्रसाद चौलागाई, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, गौरीशंकर उच्च माविका प्राचार्य सुदर्शन कोइराला, महिला सहकारीकर्मी लिला खनाल, उद्योग बाणिज्य संघ निजगढका उपाध्यक्ष मुकुन्द लामिछानेलगायतले शुभकामना दिनु भएको थियो ।
संस्थाका अध्यक्ष अम्विका चौलागाईको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन सचिव विदुरलाल श्रेष्ठ, स्वागत सावित्री भारती र धन्यवाद ज्ञापन उपाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठले गर्नु भएको थियो । संस्थाले विभिन्न विधामा आफना शेयर सदस्यहरुलाई सम्मानितसमेत गरेको छ ।
संस्थाले तीन सय छयहत्तर सदस्यहरुवीच करीव चार करोडको कारोवार गरिरहेको छ । यस वर्ष संस्थाले चालीस लाख रुपैया मुनाफा आर्जन गरेको र सदस्यहरुलाई पन्ध्र प्रतिशत लाभांश वितरण गर्नेछ ।
शनिवार सम्पन्न वार्षिक साधारणसभाले अम्विका चौलागाईको अध्यक्षतामा नयां सञ्चालक समिति सर्वसम्मत रुपमा गठन गरेको छ । समितिमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरु हुनुहुन्छ । त्यसैगरी लेखा समितिमा संयोजक र सदस्यहरु हुनुहुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार
विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
१८ श्रावण २०८३, सोमबार