२० साउन २०८३, बुधबार

बैकिङ र सहकारी क्षेत्रमा सदस्यमुखी सेवा प्रदान गर्ने सुमेरु पहिलो सहकारी

२०७० पुष १४, आईतवार
बैकिङ र सहकारी क्षेत्रमा सदस्यमुखी सेवा प्रदान गर्ने सुमेरु पहिलो सहकारी

काठमाडौं, १४ पुष । ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले दैनिक १२ घण्टा सहित ३६५ दिने सेवा प्रदान गर्दै आएको छ । सदस्यहरुले अधिकतम् समयसम्म निर्धक र सहजै प्राप्त गरुन भन्ने अभिप्रायले दैनिक बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म सेवा प्रदान गर्दै आएको छ ।

यो सेवा सहकारी इतिहासमै पहिलो र उदाहरणीय रहेको संस्थाको दाबी छ । संस्थाको कारोबारमा थप बृद्धि गर्न तथा सदस्यहरुलाई कार्यालयसम्म आउन जानलाग्ने समयको सदुपयोगका लागि संस्थाले घरदैलो कार्यक्रम अन्तर्गत ‘फोन गरे हुन्छ, सुमेरु घरमै आइपुग्छ’ भन्ने भावनाका साथ सदस्यहरुलाई मोबाइल सेवा प्रदान गर्दै आएको छ ।
सदस्यहरुलाई संस्थामा रकम बचत गर्न र बचत फिर्ता रकम लिनका लागि झन्झट मुक्त र सजिलो रहोस् भन्ने उद्देश्यले रकम ल्याउन र पुर्याउनका लागि दुईवटा आधुनिक र सुरक्षित मोटर गाडी रहेका छन् । जसमा १० जना कर्मचारी सहित हरेक दिन बिहान ८ बजे देखि बेलुका ९ बजे सम्म मोबाइल सेवा प्रदान गर्दै आएको छ । नेपालमा संचालीत बैकिङ र सहकारी क्षेत्रको लागि यो र यस्ता सदस्यमुखी सेवाहरु प्रदान गर्ने सुमेरु पहिलो र एकमात्र रहेको संस्थाको दाबी छ ।

रकम बोकी सदस्यहरुको सेवामा विभिन्न स्थानमा घुम्नु पर्ने तथा पुग्नु पर्ने भएको हुँदा कथंमकदाचित हुन सक्ने दुर्घटना एवंम लुटपाट जस्ता जघन्य अपराधिक क्रियाकलापबाट सुरक्षित रहन प्रत्येक मोटर गाडी र गाडीमा रहने नगद तथा कर्मचारीहरुको लागि जनही ६०/६० लाख बराबरको दुर्घटना, चोरी, डकैती र हमला सम्बन्धी बिमा समेत गरेको छ ।
संस्थाको कुल सम्पती आर्थिक वर्ष २०६८/०६९ मा ६८ करोड १० लाख २९ हजार ९ सय १५ रहेकोमा आ.व ०६९/०७० मा कुल सम्पती १ अर्ब २६ करोड २२ लाख ७० हजार ४ सय २८ रहेको संस्थाले जनाएको छ । संस्थाले आ.व ०६९/०७० को अषाढ मसान्त सम्मको शेयर पुँजी ११ करोड ९४ लाख ५३ हजार ९ सय रहेको चालु आ.व.मा १४ करोड ८३ लाख २५ हजार पुर्याउने लक्ष्य राखिएको छ ।

त्यस्तै ०६९/७० मा संस्थाले १ अर्ब ११ करोड ७९ लाख ७१ हजार २ सय १६ निक्षेप संकलन गरी ८५ करोड ५६ लाख ६६ हजार ३ सय ७८ रुपियाँ रहेको छ ।

सहुलियतमा स्वास्थ्य सेवा
सुमेरु ग्रुप भित्रैका सहकारीकर्मीहरु द्वारा संचालित नेपालकै नमुना, स्तरिय र सुविधासम्पन्न १०० शैयाको सुमेरु अस्पताल, धापाखेल, ५५ शैयाको सुमेरु सिटि अस्पताल पुल्चोक संग सम्झौता गरी संस्थाको सदस्यहरु, पदाधिकारी र कर्मचारीहरुलाई ९० प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै कर्मचारीका ५ जना आफन्तलाई ५० प्रतिशत छुट दिने सम्झौता भएको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय