सीतापाइला सहकारीले १५ प्रतिशत लाभांश दिने
२०७० पुष १३, शनिवार
काठमाडौँ, १३ पुस । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाको आज बसेको १४ औँ साधारणसभाले सो निर्णय गरेको हो । सो सहकारीको संस्थागत पुँजी अहिलेसम्म रु एक करोड २२ लाख ८९ हजार ४०६ रहेको तथा कुल सञ्चालन खर्च रु चार करोड ५४ लाख तीन हजार ७६२ छ ।
नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित सभासद् भीमसेनदास प्रधानले सहकारीले देशका विभिन्न स्थानमा वित्तीय कारोबारको माध्यमबाट आर्थिक गतिविधि सञ्चालन गर्दै समाजमा आर्थिक समृद्धि कायम गर्न योगदान गरेकामा खुसी व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष केदार मानन्धरले वित्तीय क्षेत्रमा देखिएको तरलतालाई व्यवस्थापन गरी वित्तीय सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको आर्थिक विकासमा भूमिका खेल्ने बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार
सुयोग्य साकोसको साधारण सभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित
४ आश्विन २०८३, आईतवार