२० साउन २०८३, बुधबार

सहकारीले बाटो बिराए,विकृति न्यूनिकरणका लागि सिंगो सहकारी अभियान चनाखो हुनु्पर्छः बास्कोटा

२०७० पुष १३, शनिवार
सहकारीले बाटो बिराए,विकृति न्यूनिकरणका लागि सिंगो सहकारी अभियान चनाखो हुनु्पर्छः बास्कोटा

काठमाडौं,१३  पुस ।राष्टिय सहकारी संघका पूर्व अध्यक्ष दिपकप्रकाश बास्कोटाले सहकारीले बाटो बिराएकाले सहकारीले आफ्नो सिद्दान्त भुल्न नहुने  बताएका छन् ।उपलब्धी बचत तथा ऋण सहकारी संस्थाको पाचौं वार्षिक साधारणभाका अवसरमा बोल्दै बास्कोटाले सहकारी सिदान्तअनुरुप चल्न नसके सहकारीमा ठूलो दुर्घटना आउन सक्ने उनको चेतावनी थियो ।

 सहकारीले तिर्ने करमध्ये ५० प्रतिशत सहकारीको विकासका लागि लगाउनुपर्ने र बाँकी ५० प्रतिशत राष्टिय हितमा खर्च गरिनुपर्नेमा जोड दिए । सहकारीका सिदान्तलाई पालना गर्दै सदस्यलाई सदस्य शिक्षा दिनुपर्ने उनको भनाइ थियो । बास्कोटाले सहकारीको आवश्यकता नबुझेका कारण सहकारीकर्मीले पनि नबुझेको र निती निर्माताले पनि बुझ्न नसकेको बताए ।सहकारीको विकृति न्कयूनिकरणका लागि सिंगो सहकारी अभियान चनाखो हुनु्पर्ने उनको भनाइ थियो ।

सहकारीविज्ञ देवेन्द्र अधिकारीले सहकारीले आर्थिक विकासमा ध्यान दिने भएकाले सहकारी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए । केही वर्ष पहिले सहकारी क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण राम्रो नभएपनि अहिले सरकारले सहकारी क्षेत्रको विकासका लागि लागिपरेको बताए ।

नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघका उपाध्यक्ष माधव तिमिल्सिानाले सहकारीमा विकृतिको गन्ध देखा परेको भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताए। सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले सहकारी क्षेत्रमा सूचना, शिक्षा र तालिमको आवश्यकता खड्किएको र त्यसको परिपूर्तिका लागि लाग्नुपर्ने बताए ।

एजीड नेपालका अध्यक्ष कृष्णमुहारी शर्माले सहकारी लगानी गर्न सक्ने र आर्थिक अपचलन गर्ने भावना कम भएकाले वृद्दहरुलाई सहकारीमा समावेश गर्नुपर्ने बताए।

कार्यक्रमा बोल्दै उपलब्धी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवराज मिश्रले मासिक न्यूनतम दिगो बचत गर्ने सदस्यलाई क्रियाशिल बनाउने कार्यक्रम अघि बढाइने बताए। उहाँले संस्थाको शेयर पूँजि ९१ लाख ६४ हजार रहेको र विनियम संशोधन गरेर अधिकृत पूँजि ५ करोड पुर्याउने लक्ष्य लिएको बताए।

अभिलेख

लोकप्रिय